राजदूत शर्माले पाएनन् औपचारिकता, प्रधानमन्त्रीको भ्रमणमा प्रत्यक्ष सहभागी हुन नपाउने
नयाँ दिल्ली: भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले प्रधानमन्त्री शेरबहादुर देउवाको भ्रमणमा प्रत्यक्ष सहभागी हुन नपाउने भएका छन्।
भारतका राष्ट्रपति रामनाथ कोविन्द समक्ष ओहदाको प्रमाणपत्र पेस नगरेकाले औपचारिकता नपाएका शर्मा प्रधानमन्त्री देउवाको भ्रमणमा प्रत्यक्षरूपमा सहभागी हुन नपाउने भएका हुन्।
उनी राजदूतकारूपमा प्रधानमन्त्रीलाई स्वागत गर्न तथा औपचारिक समारोहमा सहभागी हुन पाउने छैनन्।
कार्यवाहक राजदूत भरतकुमार रेग्मीले औपचारिक कार्यहरू गर्नेछन्। अप्रत्यक्षरूपमा शर्मा भ्रमणका कार्यक्रममा सहभागी हुनेछन्।
सोमबार दिल्ली आइपुगेका शर्माले भारतीय राष्ट्रपतिले समय नदिएपछि ओहोदाको प्रमाणपत्र बुझाउन पाएका छैनन्। शर्माको नाममा एग्रिमो पठाउन भारतले तीन महिना बढी समय लगाएको थियो।
प्रतिक्रिया दिनुहोस !