प्रधानमन्त्री देउवालाई भाजपा मुख्यालयमा स्वागतको तयारी, सुरक्षा कडा (कार्यसूचीसहित)

प्रधानमन्त्री देउवालाई भाजपा मुख्यालयमा स्वागतको तयारी, सुरक्षा कडा (कार्यसूचीसहित)

नयाँ दिल्ली : भारतीय जनता पार्टी (भाजपा)ले प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो मुख्यालयमा स्वागतको तयारी गरेको छ। भाजपाका प्रवक्ता गुरु प्रकाशले देउवाको स्वागत तयारी भइरहेको बताए।

उनका अनुसार भाजपा केन्द्रीय कार्यालय दिनदयाल उपाध्याय मार्ग नयाँ दिल्लीमा देउवाको स्वागतमा सरसफाइदेखि आवश्यक सुरक्षा तयारी भइसकेको छ।

शुक्रबार प्रधानमन्त्री देउवा ३१ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अपरान्ह नयाँदिल्ली आइपुगेपछि बीजेपी मुख्यालयमा स्वागत तथा सम्मान गरिने छ। नेताहरूसँग अन्तर्क्रिया पनि हुने छ।

नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवालाई दोस्रोपटक सभापति भएकोमा बधाई तथा कांग्रेस र भाजपाबीच सम्बन्ध स्थापित गर्न बीजेपी मुख्यालयमा स्वागत गर्न लागिएको हो।

भारतमा दोस्रोपटक सत्ताको नेतृत्व गरिरहेको भाजपासँग सम्बन्ध सुधारका लागि कांग्रेस नेताहरूले पहल थालेका थिए।

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत र देउवा पत्नी आरजु राणाले भारत भ्रमण गरी भाजपाका विभिन्न नेतासँग छलफल गरेका थिए। त्यसैगरी आरजुले भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवालेलाई नेपाल बोलाएर राखी बाध्दै भाइबहिनीको सम्बन्ध कायम गरेकी थिइन्।

भोलि (शुक्रबार) प्रधानमन्त्री देउवा चाणक्यपुरीस्थित होटल आटिसी मोर्यमा आराम गरेर बिजेपी मुख्यालय पुग्ने छन्। त्यसअगाडि होटलमै उनले भारतीय विदेशमन्त्री एस जयशंकर र सुरक्षा सल्लाहकार अजित डोभालसँग भेट गर्नेछन्।

बीजेपी मुख्यालयपछि देउवा नेपाली राजदूतावासमा रात्रिभोजमा सरिक हुनेछन्। शनिबार देउवाले महात्मा गान्धिको शालिकमा माल्यार्पण गर्ने र त्यसपछि समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ।

त्यस्तै उपराष्ट्रपति वेंकटेश नायडुसँग शिष्टाचार भेट गर्नेछन्। त्यसपछि देउवा नेपाली समुदायसँगको छलफलमा सरिक हुनेछन्।

आइतबार विहान देउवा भारतीय विशेष विमानबाट उत्तर प्रदेशको बनारस जानेछन्। त्यहाँ उनलाई मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गर्नेछन्। त्यहाँ प्रधानमन्त्रीले धार्मिक अवलोकन गर्ने कार्यक्रम छ। त्यहाँबाट दिल्ली आएर अपरान्ह स्वदेश फर्किने कार्यक्रम छ।

यस्तो छ कार्यसूची
प्रधानमन्त्री देउवा शुक्रबार २:५० भारत पुग्नेछन्। उनी विमानस्थलबाट सिधै होटल आइटीसी मौर्या पुग्नेछन्। त्यहाँ भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

त्यसको भोलिपल्ट १०:४० मिनेटमा राजघाट पुग्नेछन्। राजघाटपछि उनी ११:१० बजे हैदरवाद हाउस पुग्नेछन्। त्यहाँ समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता हुने कार्यतालिका रहेको छ। सोही दिन १२:१५ बजे द्विपक्षीय सम्झौता पत्रमा हस्ताक्षर हुनेछ।  

त्यसपछि उनी ४:३० बजे उपराष्ट्रपतिसँग शिष्टाचार भेट गर्नेछन्। तेस्रो दिन बिहान ९ बजे प्रधानमन्त्री देउवा वराणासी पुग्नेछन्। त्यहाँ उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटवार्ता हुने बताइएको छ।
त्यसपछि उनी ४ बजे नयाँ दिल्ली फर्किनेछन् र लगत्तै ४:१५ मा स्वदेश फर्किने कार्यतालिका रहेको भारती विदेश मन्त्रालयले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.