प्रधानमन्त्री देउवालाई दिल्लीमा नेपालीहरुले यसरी गरे स्वागत (फोटो फिचर)
![प्रधानमन्त्री देउवालाई दिल्लीमा नेपालीहरुले यसरी गरे स्वागत (फोटो फिचर)](https://annapurnapost.prixacdn.net/media/albums/Welcome-to-Delhi-12_20220402083158_6lkVpGfEzo.jpg)
नयाँदिल्ली : तीन दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपालीहरुले स्वागत गरेका छन् । बारखम्बा रोडस्थित नेपाली राजदूतावासमा शुक्रबार आयोजित स्वागत तथा सम्मान कार्यक्रममा भारतमा बस्दै आएका नेपाली नागरिक, नेपालप्रति शुभेच्छा राख्ने पूर्वभारतीय राजदूतसहित कुटनीतिज्ञहरु, बुद्धिजीवी, व्यवसायीहरु र दूतावासका कर्मचारीले देउवासहितको नेपाली भ्रमण टोलीलाई स्वागत गरेको हो।
स्वागत समारोहमा परराष्ट्रमन्त्री नारायण खड्का, उर्जामन्त्री पम्फा भुसाल, स्वास्थ्यमन्त्री विरोध खतिवडा, कृषिमन्त्री महेन्द्रराय यादव थिए। त्यस्तै व्यापारीहरु कांग्रेस सांसदसमेत रहेका अर्बपति विनोद चौधरी, शेखर गोच्छा, चन्द्र ढकाल, पशुपति मुरारकालगायत सहभागी थिए।
कार्यक्रममा भारतीय नेता विजय जोली, कंग्रेस आईका वरिष्ठ नेता करण सिंह, राज्यसभाका पूर्वसांसद एवं जनता दलका नेता केसी त्यागीलगायत सहभागी थिए।
त्यसैगरी पूर्वराजदूत मञ्जीवसिंह पुरी, रञ्जीत रे, भारतीय सेनाका पूर्वमेजर जनरल अशोक मेहतालगायत सहभागी थिए।
प्रधानमन्त्री देउवालाई भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले स्वागत गरेका थिए। पत्नी आरजु राणासहित प्रतिनिधिमण्डलका साथ दूतावास पुगेका प्रधानमन्त्री देउवाले नेपाली समुदायसँग संक्षिप्त भेटघाट तथा भलाकुसारी गरेका थिए।
शुक्रबार दिउँसो नयाँ दिल्ली आएका देउवालाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय रक्षाराज्यमन्त्री अजय भट्टले स्वागत गरेका थिए। भारतले देउवाको भ्रमणलाई विशेष भनेको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)