बेदकोट नगरपालिकाका मेयरसहित ५ वडा अध्यक्ष समाजवादीमा प्रवेश
महेन्द्रनगर : कञ्चनपुरको बेदकोट नगरपालिकाका मेयर असोककुमार चन्दसहित नेकपा एमालेबाट निर्वाचित ५ जना वडाअध्यक्ष नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन्।
आईतबार पार्टी अध्यक्ष माधवकुमार नेपालले टिँका लगाउदै मेयर चन्दसहित वडा अध्यक्ष, एमालेबाट निर्वाचीत २६ जना सदस्य र अन्य पार्टी परित्याग गरी आउनेहरुलाई समाजवादीमा स्वागत गरेका हुन। नेकपा एमालेबाट निर्वाचीत वडा नम्बर ३ का वडाअध्यक्ष तिलकबहादुर ठकुल्ला, वडा नम्बर ४ का वडाअध्यक्ष भाष्करदत्त भट्ट, वडा नम्बर ७ का वडा अध्यक्ष विरबहादुर डगौरा, वडा नम्बर ८ का वडा अध्यक्ष दुर्गासिंह भण्डारी र वडा नम्बर १० का अध्यक्ष केशवबहादुर रावल पनि एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन्।
बिद्रोहको सुरुवात भयो : मेयर चन्द
पार्टी विभाजनपछि भने उनी दस बुँदे कार्यान्वयन हुने अपेक्षामा एमालेमै रहेका थिए। एमालेको पुस अन्तिममा सम्पन्न जिल्ला कमिटीको अधिवेशनमा चन्द सचिवमा ७ मतले पराजित भएका थिए। पराजय स्वीकार गर्दा पनि आफ्नो प्यानलका निर्वाचित साथीहरुलाई कुनै पनि जिम्मेवारी नदिएको उनले बताए। “पार्टीमा साथीहरुलाई जिम्मेवारी बिहिन बनाउने १० बुँदे भनेर अपहेलित गरियो।’उनले भने–‘हामीलाई सुर्य चिन्हमा भोट हाल्ने वातावरण बनाएन बाध्य भएर बिद्रोह गरेका हौ।’ उनले बिद्रोहको सुरुवात भएको बताए।
प्रतिक्रिया दिनुहोस !