स्थानीय तह निर्वाचन : दैलेखका सबै स्थानीय तहमा चुनावी तालमेल गर्ने चार दलको निर्णय

स्थानीय तह निर्वाचन : दैलेखका सबै स्थानीय तहमा चुनावी तालमेल गर्ने चार दलको निर्णय

दैलेख : स्थानीय तहको निर्वाचन आउन अब ३६ दिन बाँकी छ । निर्वाचन आयोगले निर्वाचनको तयारी तीव्र पारेको छ । सरकारले ३० बैशाखमा स्थानीय तहको मिति तोकेसँगै दैलेखमा पनि राजनीतिक दलहरू चुनाव केन्द्रित भएका छन् । निर्वाचन नजिकिदै गर्दा दैलेखमा क्रियाशिल चार राजनीतिक दलले आसन्न स्थानीय तह चुनावमा गठबन्धन गर्ने निर्णय गरेका छन् ।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाले दैलेखका ११ वटै स्थानीय तहमा गठबन्धन गरेर निर्वाचनमा जाने सहमति गरेका छन् । कांग्रेसका जिल्ला सभापति मणिराम रेग्मी, नेकपा (माओवादी केन्द्र) का जिल्ला संयोजक प्रेमबहादुर कटुवाल क्षेत्री, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष बरुनाथ योगी र राष्ट्रिय जनमोर्चाका कार्यवाहाक अध्यक्ष लोगपाल थापाको संयुक्त बैठकले जिल्लाका ११ वटै स्थानीय तहका सबै ९० वटै वडामा गठबन्धन गर्ने निर्णय गरेको हो । चार दलबीच चुनावी तालमेल गरेर अगाडि बढ्ने निर्णय भएको नेकपा (माओवादी केन्द्र) का संयोजक प्रेमबहादुर कटुवाल क्षेत्रीले बताए । 

बैठकपछि चार दलले जारी गरेको संयुक्त अपिल अनुसार निर्वाचन केन्द्रीत सम्पूर्ण कामहरुलाई व्यवस्थित गर्न चारवटै दलका पार्टी प्रमुखसहित ७ जनाको गठबन्धन संयन्त्र गठन गरेको उल्लेख छ । चारवटै दलले जिल्ला तथा पालिका तहमा सत्ता गठबन्धनलाई व्यवस्थित गर्न गठबन्धनको मर्ममा चोट पुग्ने कुनै पनि गतिविधि सञ्चालन तथा अभिव्यक्त नगर्न निर्देशन समेत दिएको छ । 

चारवटै दलहरुले पालिका तहमा समेत तत्काल जिल्लाकै मोडलमा संयन्त्र बनाएर बैठक बस्न निर्देशन समेत दिएको छ ।
 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.