गौशाला बजार विकासको मुख्य बाधक अख्तियार : मेयर महतो

गौशाला बजार विकासको मुख्य बाधक अख्तियार : मेयर महतो

गौशाला : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समयमै मुद्धाको सुनवाई नगर्दा गौशाला बजारको विकास हुन नसकेको मेयर शिवनाथ महतोले बताएका छन्। शुक्रबार गौशाला नगरपालिका-१ को वडा कार्यालय भवनको उद्घाटन गर्दै मेयर महतोले अख्तियारले मुद्धाको फर्छौट गर्न नसक्दा गौशाला बजारमा गत ५ वर्षको अवधिमा जनअपेक्षाअनुसार विकास गर्नका लागि असक्षम रहेको बताएका छन्।

नगरपालिका स्थापना हुनुपूर्व नै यहाँको चौतर्फी बाटोको सम्बन्धमा दर्ता भएको उजुरी उपर सुनवाई हुन नसक्दा नगरकै मुटुलाई संरक्षण गर्न नसकेको मेयर महतोले स्वीकार गरेका छन्। मेयर महतोले भने, ‘अन्य स्थानमा विकास भएतापनि बजारमा सिन्कोसमेत भाँच्न सकेका छैनौं। बजारक्षेत्र दिनानुदिन कुरुप बन्दै गएको छ। आफूले चाहेर पनि नगरको मुटुलाई संरक्षण गर्न सकेन।’

विस २०७१ मा कसैले विकास निर्माणप्रति असन्तुष्ट जनाउँदै अख्तियारको कार्यालयमा दायर भएको मुद्धाको केही दिनमा नै सुनवाई हुने आफूहरुले आश्वासन पाएको मेयर महतोले जानकारी दिए। अब सो मुद्धाको सुनवाई पछि बजारक्षेत्रमा पनि विकासको लहर फुटने मेयर महतोले आश्वासन दिएका हुन्।

साविकको स्थानमा सेवाग्राहीलाई सेवा प्रदान गर्नका लागि असहज भएपछि जनचाहनाअनुरुप वडा कार्यालय सारिएको वडा नं. १ का वडाअध्यक्ष भिमवहादुर रानाले बताए। अब नयाँ भवनबाट जनमैत्री सेवा र सुशासन स्थापित गर्नका लागि आफू कटिवद्ध रहने वडाअध्यक्ष रानाले प्रतिवद्धता जनाए।

६० लाखको लागतमा नगरस्तरीय योजनामार्फत निर्माण सम्पन्न भएको सो भवनको जग्गा स्थानीय राधेश्याम सापकोटाले सवा एक कट्ठा जग्गा निःशुल्क रुपमा प्रदान गरेका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.