मोटरसाइकलले ठक्कर दिँदा तनहुँमा पैदल यात्रीको मृत्यु
तनहुँ : तनहुँको व्यास नगरपालिका-१२ देउरालीमा मोटरसाइकलले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ । शुक्रबार दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको लु ७० प १७१९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा देउरालीका ६२ वर्षीय नन्दगोपाल कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।
मोटरसाइकलले ठक्कर दिएपछि गम्भीर घाइते भएका कार्कीलाई उपचारको लागी दमौलीस्थित रत्नहरी अस्पतालमा प्राथमिक उपचारपश्चात् थप उपचारको लागी मणीपाल शिक्षण अस्पताल पोखरामा पठाइएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको प्रनाउ खड्काले बताए । मोटरसाइकल चालक पाल्पा रामपुर ४ का ३८ वर्षीय जुबेर अहमद मियालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !