मिथिलामा आज जुडशितल पर्व मनाइँदै

मिथिलामा आज जुडशितल पर्व मनाइँदै

महोत्तरी : नयाँ वर्षको दोस्रो दिन शुक्रबार मिथिलाञ्चलमा हर्षोल्लासपूर्वक जुडशीतल पर्व मनाइँदै छ। एका बिहानै बुवाआमा, गुरु, मान्यजन एवम् आफूभन्दा जेठा व्यक्तिले सानालाई टाउकोमा पानी छर्किंदै आशीर्वाद दिएर जुडशितल पर्व मनाइन्छ।  

वर्षभरी सुख, समृद्धि, शान्ति, दीर्घायु एवं उत्तरोत्तर प्रगति होस् भन्ने कामना गर्दै सानालाई आशीर्वाद दिने र सानाले पनि मान्यजनबाट आशीर्वाद लिने प्रचलन रहिआएको छ ।

यसै दिन खेतबारीमा मलजल गर्ने र बोटबिरुवामा पानी हाल्ने गरिन्छ । जुडशितल पर्वमा एक दिनअघि पकाएको बासी भात चुल्हो देवतालाई चढाउने गरिन्छ ।  तराईका घर–घरमा मिष्ठान परिकार भात, दाल, तरकारी, करही बरी, तरुवा, भुजुवालगायतको भोजन बनाएर खाने परम्परा रहेको छ ।

जुडशीतल पर्वलाई वैज्ञानिक एवं स्वास्थ्यको दृष्टिकोणले समेत महत्वपूर्ण मानिएको छ ।  शरीरमा हिलो र पानी  हाल्नाले स्वास्थ्य लाभ हुने र छालाका रोगहरू समेत नलाग्ने विश्वास रहेको छ ।  गर्मीयाममा दादुराको प्रकोप बढ्ने गरेकाले शुद्ध माटो शरीरमा लगाउँदा यो रोग लाग्ने सम्भावना न्यून हुने गरेको चिकित्सकहरुको भनाइ छ ।

पहिले यो पर्वमा बिहान उठेर सम्पूर्ण गाउँवासी एकत्रित भएर एकलाई हिलो, माटो, पानी र खरानी दलेर खेल्ने गर्थे । अचेल यो परम्परा लोप हुँदै गइरहेको संस्कृतविद्हरू बताउँछन् ।

यता मधेश प्रदेश सरकारले जुडशितलको अवसरमा सार्वजानिक बिदा दिएको छ ।  आज यहाँका सार्वजानिक संस्था, शैक्षिकसंस्था लगायतका अर्ध सरकारी कार्यालयहरु समेत बन्द रहेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.