उल्लुले देख्नसक्छ ‘थ्रीडी इमेज’

उल्लुले देख्नसक्छ ‘थ्रीडी इमेज’

लाटोकोसेरो (उल्लु) एक किसिमको चरा हो। यसले सानासाना जनावरहरूको शिकार गर्छ। लाटोकोसेरो दिउँसो एकैठाउँमा बसिरहन्छ। किनभने यसले दिउँसो आँखा देख्दैन। यो राति मात्र शिकारमा निस्कन्छ। 

लाटोकोसेरोका स्थिर हुन्छन्। अनि विशेष तेजिला देखिन्छन्।  यिनीहरूको घाँटी लचिलो हुन्छ। यताउती हेर्नुपर्दा यिनीहरू घाँटी नै घुमाएर हेर्छन्। दिनमा आँखा नदेखे पनि यसले रातमा चाहिँ जस्तोसुकै अँध्यारोमा पनि आँखा देख्छ। यसको श्रवण शक्ति पनि दिनमा भन्दा रातमा बढी हुन्छ। त्यसैले यस जातका चराहरू रातमा सिकार गर्न ज्यादै चलाख र सिपालु मानिन्छन्। मांसाहारी भएकोले यिनको आहारा चरागुरुङ्गीका सा–साना बच्चा, किराफट्यांग्रा, चरामुसा तथा पशुमांस समेत हो। यिनीहरू चाँडो उड्न सक्छन्। यसका प्वाँख नरम, मुलायम र मिहिन हुन्छन्। यसैले यिनको उडान शान्त हुन्छ, ज्यादै बेगिलो भए पनि थाहा नै नपाइने खालको हुन्छ।

लाटोकोसेरोले धेरैथरीका किरा फट्यांग्रा, मुसाहरू, मृतजनावर आदि खान्छ। यो पर्यावरणका दृष्टिले उपयोगी मानिन्छ। संसारका लागि यो चरो कल्याणकारी पन्छी हो। हिन्दु धर्मअनुसार लाटोकोसेरोलाई लक्ष्मीको वाहन भनी बताइएको छ। 

अमेरिकामा लाटोकोसेरो पाल्नु गैरकानुनी मानिन्छ भने कालो जादुको प्रतीक भनिने हुनाले दक्षिण अफ्रिकामा यसलाई अशुभ मानिन्छ। यसले आफूभन्दा ठूलो जीवको पनि शिकार गर्न सक्छ। पोथी उल्लु भालेभन्दा केही ठूलो हुन्छ। यिनीहरू ज्यादातर आफ्नो बच्चालाई अरूको गुँडमा राख्छन्। 

लाटोकोसेरोको समूहलाई पार्लियामेन्छ भनिन्छ। धेरैजसो माछा खान मन पराउने यो चराले कुनै बेला अन्य उल्लुलाई पनि खान्छन्। यिनीहरू प्रायः एक्लै बस्न रुचाउँछन्। संसारको सबैभन्दा सानो लाटोकोसेरो केवल ५ इन्च लामो र लगभग ४० ग्राम वजन भएको पाइएको छ। 

लाटोकेसेरोका बारेमा केही रोचक तथ्य

–    विश्वमा दुई सयभन्दा बढी प्रजातिका उल्लुहरू पाइन्छन्। 
–    यो एक मात्र पन्छी हो जसले नीलो रंग देख्न सक्छ। 
–    लाटोकोसेरो दिउँसो देख्न सक्दैन। यसले राति मात्रै प्रस्टसँग देख्न सक्छ। 
–    यसले आफ्नो गर्धन २७० डिग्रिसम्म घुमाउन सक्छ। 
–    लाटोकोसेरोले एक वर्षमा १ हजाभन्दा बढी मुसा खान्छ। 
–    यसले कुनै पनि वस्तुको थ्रीडी इमेज देख्न सक्छ। कुनै पनि वस्तुको लम्बाइ, उचाइ चौडाइ यसले छुट्याएर हेर्न सक्छ। 
–    यसको आँखा यताउती हल्लिँदैन। त्यसको सट्टा यसले टाउको नै घुमाएर हेर्छ। 
–    उल्लुको आँखा उसको वजनको लगभग ५ प्रतिशत जत्रै हुन्छ। अथवा धेरै ठूलो हुन्छ। 
–    पृथ्वीमा ६ करोड वर्ष पुरानो लाटोकोसेरोको जिवाश्म भेटिएको छ। 
–    यो अन्टार्कटिका बाहेक संसारका सबै ठाउँमा पाइन्छ। 
–    लाटोकोसेरोलाई बुद्धि र समृद्धिको प्रतीक मानिन्छ। 
–    हिन्दू धर्मअनुसार यो धनकी देवी लक्ष्मीको वाहन हो। 
–    यसको कान संवेदनशील हुन्छ। जसको सहायताले यसले शिकार पत्ता लगाउँछ। 
–    लाटोकोसेरोको आयु लगभग २० देखि २५ वर्षको हुन्छ। 
–    यसको पँखेटा चौडा हुन्छ। त्यसैले यो उड्दा खासै आवाज आउँदैन। 
(विभिन्न एजेन्सीको सहयोगमा )


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.