पल शाह प्रकरणमा नाबालिकाले फेरिन् बयान, अब के हुन्छ मुद्दा ?

पल शाह प्रकरणमा नाबालिकाले फेरिन् बयान, अब के हुन्छ मुद्दा ?

तनहुँ : नायक पल शाह प्रकरणमा नयाँ ट्वीस्ट आएको छ। जबर्जस्ती करणीको अभियोग लगाएकी नाबालिकाले जिल्ला अदालतमा बयान फेरेकी छन्।

आइतबार दिउँसो २ बजे जिल्ला अदालत तनहुँमा बकपत्र दिने क्रममा उनले जाहेरीमा उल्लेखित विवरणहरू सत्य नभएको बताएको जिल्ला अदालत तनहुँका श्रेस्तेदार मिनबहादुर कुँवरले जानकारी दिए। ‘यसअघि जाहेरीमा जुन कुराहरु भएको भनिएको थियो । त्यो कुरा केही नभएको भनिएको छ। जिष्ट कुरा नै यही हो,’ उनले भने।

कुँवरका अनुसार आज नाबालिकाको मात्रै बकपत्र लिइएको छ। 'आज २ बजेतिर ढिला गरी सुरु भयो, आज उनकै बकपत्र मात्र लिइएको हो। अरुको बकपत्र भोलि हुन्छ,’ उनले भने ।   

जिल्ला सरकारी वकिल कार्यालय प्रमुख रामचन्द्र शर्माले बकपत्रमा पीडित पक्षले हस्ताक्षर गरेको बताए। ‘अलि अलि बयान फरक परे पनि जाहेरी व्यहोराहरु अनुसन्धान मुचुल्का, उसको स्वास्थ्य परीक्षण, सामाजिक सञ्जालमा भएका वार्ताहरु, अडियो भिडियोबाट फैसला हुन्छ। यथेस्ट प्रमाण छन्। खासै फरक पर्दैन,’ शर्माले दाबी गरे। 

विहेको प्रलोभनमा शाहले पटक-पटक जबर्जस्ती करणी गरेको भन्दै पीडित नाबालिका र उनको परिवारले तनहुँ र नवलपुर प्रहरीमा जाहेरी दिएको थियो। प्रहरीले पक्राउ पूर्जी जारी गरेपछि शाहले फागुन १५ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेका थिए।

‘यो मुद्दा टेक्निकल ग्राउण्ड के हो भने बाबुले जाहेरी दिएको छ। किशोरीले जाहेरी दिने, बयान फेर्नेसँग सरोकार छैन। किनभने यो अण्डर ऐज (उमेर नपुगेको) छ। यदि संरक्षक (बाबु) राखेर बकपत्र गरेको छ भने मुद्दामा पल शाहलाई धेरै फाइदा हुन्छ’

शाहमाथि तनहुँ र गैँडाकोटमा अनुसन्धान गरी दुबै जिल्लाका अदालतमा मुद्दा चलाइएको थियो। जिल्ला अदालत तनहुँले चैत १० गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो। त्यस्तै नवलपुरले चैत २३ गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो। शाहले भने अनुसन्धानका क्रममा दुबै जिल्लामा आफूमाथि लगाइएका सबै आरोप अस्वीकार गरेका थिए। उनले विहे गर्न नमानेपछि आफूलाई बलात्कारको आरोप लगाएर फसाइएको बयान दिएका थिए। 

यसअघि जिल्ला अदालत तनहुँ र नवलपरासीले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। शाहले उक्त आदेश बदर गरी थुनामुक्त गर्न माग गर्दै चैत १५ गते  उच्च अदालत पोखरामा निवेदन दिएका थिए।

बयान फेर्दा मुद्दा के हुन्छ?

सरकारी वकिलले खासै फरक नपर्ने जिकिर गरेपछि स्वतन्त्र कानुन व्यवसायीहरु भने नाबालिगको हकमा संरक्षकको बयानले महत्व राख्ने बताउँछन्। ‘

‘यो मुद्दा टेक्निकल ग्राउण्ड के हो भने बाबुले जाहेरी दिएको छ। किशोरीले जाहेरी दिने, बयान फेर्नेसँग सरोकार छैन। किनभने यो अण्डर ऐज (उमेर नपुगेको) छ। यदि संरक्षक (बाबु) राखेर बकपत्र गरेको छ भने मुद्दामा पल शाहलाई धेरै फाइदा हुन्छ,’ मुद्दाबारे जानकार एक अधिवक्ताले भने, ‘बाबुले नै बयान फेरेको हो भने मुद्दा धेरै कमजोर हुन्छ।’

अर्का अधिवक्ताले यो घटना वर्षदिन अगाडिको भएकाले अरु प्रमाणले खासै अर्थ नराख्ने जिकिर गर्छन्। ‘अरु त्यस्तो छैन। किनभने यो एक वर्षअघिको घटना हो। न टेस्ट हुन्छ, न केही हुन्छ। भनाइका आधारमा मात्रै हो। भनाइ नै चेञ्ज गरेपछि महत्व नै रहेन। किटानी जाहेरी नै महत्वपूर्ण हो। त्यसबाट नै पछि हटेपछि अब केही बाँकी रहेन,’ उनले भने।

अर्का एक अधिवक्ताले यस्ता घटना दोहोरिँदा नेपालीको अनुसन्धान प्रणालीमै प्रश्न उठाएको बताए। ‘पुलिसले जे भन्यो मैले त्यहीअनुसार बयान दिए भनिराखेको छ भने पुलिसमा जबर्जस्ती गराइँदो रहेछ। मान्छेलाई बाध्य पारिँदोरहेछ भन्ने सन्देश जान्छ। यो घटना एउटा प्रतिनिधि पात्र मात्रै हो। यसले नेपालको होल इन्भेस्टिगेसन सिस्टममै प्रश्न उठाएको छ। योभन्दा अघिको अछामको फैसलालाई पनि यसमा उदाहरणका रुपमा लिन सकिन्छ,’ उनले भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.