हाँडीगाउँमा गहना खोज्ने जात्रा (फोटो फिचर)
काठमाडौं : हाँडीगाउँमा गहना खोज्ने जात्रा सम्पन्न भएको छ। टुँडाल देवीको खटलाई हाँडीगाउँस्थित गहना पोखरीभित्र तीनपटक परिक्रमा गराएपछि पोखरीमा देवीको गहना खोज्ने गरिन्छ। त्यस क्रममा पोखरीबाहिर टुँडाल देवीकी बैनीको खटलाई पनि परिक्रमा गराइन्छ।
चैत्रशुक्ल पूर्णिमाका दिन टुँडालदेवीको परम्परागत जात्रा चलाइन्छ। भाटभटेनीको मूर्ति टुँडालदेवी मन्दिरमा ल्याउने चलन छ। प्रख्यात कथनअनुसार छोरी भाटभटेनीले आमा टुँडालदेवीलाई भेट्न जाँदा गोप्य सम्बन्ध रहेका पोडेसँग घुम्न हिँडेकी देखिछन्। यसबाट रिसाएकी भाटभटेनीले राति नै फर्किएको भन्ने आख्यान पाइन्छ, जुनबेला हराएको गहना नै प्रत्येक वर्षखोज्ने गरिएको भनाइ छ।
सरोज बैजुको फोटो फिचर हेर्नुस्:








प्रतिक्रिया दिनुहोस !