‘धामीले आमालाई मारे,हामी सहाराविहीन भयौं’

‘धामीले आमालाई मारे,हामी सहाराविहीन भयौं’

महेन्द्रनगर : महाकाली अस्पताल प्रांगणमा आइतबार बेला–बेला भक्कानिँदै थिइन् कञ्चनपुरको वेदकोट–६ मुसेपानीकी १८ वर्षीया सरिता साउद। अधिकारकर्मी, सञ्चारकर्र्मी र आफन्तले जति प्रश्न गर्थे उनी उति नै आँसु खसालिरहेकी थिइन्। बोक्सी लागेको भन्दै धामीझाँक्रीको कुटाइबाट आमा रञ्चुला साउदको मृत्यु भएपछि सरिता र बहिनी १२ वर्षीया निरा सहाराविहीन भएका छन्। 

‘घरमा बहिनी र म मात्रै छौं’, सरिताले भक्कानिँदै भनिन्, ‘अब हाम्रो सहारा कोही छैन।’ धामीझाँक्रीले आमाको हत्या गरेको दाबी गर्दै सरिताले उनीहरूलाई आजीवन काराबास हुनुपर्ने माग गरिन्। उनका अनुसार रञ्चुलालाई सामान्य टाउको दुख्नेबाहेक अरू केही बिराम थिएन। रञ्चुला मजदुरी गरेर दुई छोरीको पालनपोषणदेखि पढाइ खर्च बेहोरिरहेकी थिइन्। जेठी छोरी सरिता कक्षा १२ मा र कान्छी छोरी निरा कक्षा ७ मा पढ्छन्।

‘आमाले मजदुरी गरेरै हाम्रो पढाइ खर्च र घर खर्च चलाउनुभएको थियो’, सरिताले भनिन्, ‘अब के गर्ने कहाँ जाने।’

रञ्चुलाका पतिकोे १० वर्षअघि रोजगारीका क्रममा भारतमा दुर्घटनामा ज्यान गएको थियो। त्यसपछि रञ्चुला केही समय बैतडीको शिवनाथस्थित घरमा बसिन्। त्यसको केही वर्षमा ७ वर्षीय छोरोको मृत्यु भयो। त्यसपछि भने रञ्चुला दुई छोरीसहित ७ वर्षअघि कञ्चनपुर झरेकी थिइन्।

सरिताका अनुसार कमला साउद (धामी आएको घर)का छोरा छैनन्। उनले छोरा पाउन घरमा धामीझाँक्री बोलाउने गर्थिन्। उनको घरमा एक महिनादेखि धामीझाँक्री बसिरहेका थिए। ‘धामीझाँक्रीले कमलालाई ६ महिनाभित्र छोरा दिने र त्यसका लागि मानिसको बलि दिनुपर्ने बताएका रहेछन्’, सरिताले भनिन्, ‘मेरो आमाको षड्यन्त्रपूर्वक हत्या गरिएको हो।’

रञ्चुलाका देवर पदम साउदले भाउजूको हत्या गरिएको भन्दै धामीझाँक्रीसहित सात जनाविरुद्ध आइतबार प्रहरीमा किटानी जाहेरी दिएका छन्। ‘म पहाडबाट यहाँ आइपुग्दा भाउजूको मृत्यु भइसकेको थियो। शव गन्हाउने अवस्थामा थियो’, पदमले भने, ‘शरीरभरि घाउ थिए। जिब्रो पोलिएको थियो। नाकबाट रगत बग्दै थियो। 

उनले अब छोरीहरूको रेखदेख गर्ने कोही नभएकाले पीडामाथि पीडा थपिएको बताए। ‘दुई छोरीको रेखदेख गर्ने मान्छे कोही भएन’, उनले भने, ‘छोरीहरूको पढाइ खर्च सरकारले व्यवस्था गरिदिनुप¥यो।’ 
रञ्चुला प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा मजदुरी गर्थिन्। ‘चैत २७ गतेसम्म हामीसँगै काममा हुनुहुन्थ्यो। उहाँलाई बिरामी केही थिएन’, सँगै काम गर्ने माया भट्टले भनिन्, ‘घटनामा संलग्नलाई कडाभन्दा कडा कारबाही हुनुपर्छ।’ 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार धामीझाँक्रीद्वय भीमदत्त नगरपालिका–७  हल्दुखालका धर्मानन्द भट्ट, वडा नम्बर १ बाराकुण्डाका नारायणदत्त भट्ट, मुसेपानीकी कमला साउदविरुद्ध जाहेरी परेको छ। यस्तै स्थानीयवासी कुबेरसिंह साउद, गौरी साउद, जानकी घडाल र चक्र साउदविरुद्ध पनि उजुरी परेको छ। उनीहरूविरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता चक्रबहादुर शाहले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.