मुगुका चारैवटै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
मुगु : वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि जिल्लाका चार स्थानीय तहमध्ये सदरमुकाम गमगढीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। पालिकास्तरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो।
बिहीबार एक कार्यक्रमबीच सदरमुकामस्थित जिल्ला अदालतमा मुख्य निर्वाचन अधिकृतको कार्यालय र अन्य तीन गाउँपालिका सोरु,खत्याड र मुगुमकार्मारोङमा निर्वाचनअधिकृतको कार्यालय स्थापना गरिएको हो ।
निर्वाचन अधिकृतको कार्यालय स्थापना गरीदा बिभिन्न राजनैतीकदलका प्रमुख तथा प्रतीनिधी, जिल्ला स्थित सुरक्षा निकाय प्रमुख र संचारकर्मीहरुको उपस्थितमा जिल्ला अदालत मुगुमा मुख्य निर्वाचन कार्यालयको स्थापना भएको मुख्य निर्वाचन अधिकृत पुण्यप्रसाद सापकोटाले जानकारी दिए । यस्तै खत्याडको राउतडी, सोरुको सोरुकोट र मुगुम कार्मारोङको पुलुमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ।
जिल्लामा ६४ मतदान केन्द्र रहेको छ। निर्वाचनमा २ सय ९७ कर्मचारी परिचालन हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।