महोत्तरीमा पहिलो दिन ३८ जनाको उम्मेदवारी दर्ता
महोत्तरी : महोत्तरीमा पहिलो दिन ३८ जनाले स्थानीयतहको निर्वाचनको लागि मनोनयन दर्ता गराएका छन्। आईतबार पहिलो दिन जिल्लाभरिमा गरी ३८ जनाले मनोनयन दर्ता गराएका हुन्।
१५ वटै पालिकामा स्थापना भएको निर्वाचन अधिकृत कार्यालयमा पुगी स्थानीय राजनीतिक दलका कार्यकर्ताहरुले मनोनयन दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख सुवोध महतोले बताए। उनले भने, ‘अहिले हरेक पालिकाबाट संकलन हुने क्रम जारी रहेको छ। जसको कारण पदीय संख्या छुटयाउन नसक्ने अवस्था रहेको छ।
गौशालामा जसपा र लोसपाले दिए उम्मेदवारी
त्यस्तै जनता समाजवादी पार्टीको तर्फबाट १२ वटै वडाका लागि वडाअध्यक्ष, वडासद्स्यहरुले उम्मेदवारी दर्ता गराएको पार्टीको नगर अध्यक्ष कुमरकान्त झाले जानकारी दिए।
यता स्वतन्त्रतर्फबाट गौशाला नगरपालिका वडा नं. ४ का वडाअध्यक्षमा अजयकुमार दास र वडा नं. १२ का लागि ललित कुमार सिंह मनोनयन दर्ता गराएका हुन्। बहुजन पार्टीको वडा नं. ७ का लागि भुप नारायण चौधरीको उम्मेदवारी दर्ता गराएका छन्।
प्रतिक्रिया दिनुहोस !