स्थानीय तह निर्वाचन : कांग्रेस कञ्‍चनपुरले लगायो उम्मेदवारको टुंगो

स्थानीय तह निर्वाचन : कांग्रेस कञ्‍चनपुरले लगायो उम्मेदवारको टुंगो

महेन्द्रनगर : नेपाली कांग्रेस कञ्चनपुरले ९ वटै स्थानीय तहका मेयर र उपमेयरको उमेदवार टुंगो लगाएको छ । कांग्रेस स्रोतका अनुसार भीमदत्त नगरपालिकाको मेयरमा पदम बोगटी र उपमेयरमा निलम लेखकलाई उम्मेदवार बनाउने भएको छ ।

 दोधारा चाँदनी नगरपालिकाको मेयरमा गोपालदत्त भट्ट र उपमेयरमा गंगा जोशी बेदकोट नगरपालिकाको मेयरमा भोजराज बोहरा र उपमेयरमा तुलसी जोशीलाई उमेदवार बनाएको छ । त्यसैगरी, पुनर्वास नगरपालिकाको मेयरमा तोयानाथ शर्मा र उपमेयरमा भुलिया राना बेलौरी नगरपालिकाको मेयरमा हरेन्द्र विष्ट (होसियार) र उपमेयरमा खिना भण्डारी , शुक्लाफाँटाको मेयरमा चिन्तामणी भट्ट, उपमेयरमा कल्पना पन्त, कृष्णपुर नगरपालिकाको मेयरमा हेमराज ओझा, उपमेयरमा द्रोपदी रानालाई उम्मेदवार बनाएको छ । 

लालझाडी गाउँपालिकाको अध्यक्षमा श्रीकृष्ण राना उपाध्यक्षमा राधा राना र बेलडाँडी गाउँपालिकाको अध्यक्षमा हरिशचन्द्र राना र उपाध्यक्षमा शान्ती नाथलाई  उमेदवार बनाएको छ । 'प्रमुख उपप्रमुखको टुंगो लागिसक्यो वडा अध्यक्षको उम्मेदवार कसलाई बनाउने विषयमा छलफलल भइरहेको छ,' कांग्रेसका एक नेताले भने, 'उम्मेदवार टुंगो लगाएर बेलुका ४/५ बजेतिर उम्मेदवारी दर्ता गर्ने तयारी छ ।'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.