माओवादी केन्द्रबाट गौशाला र बर्दिवासका मेयर र उपमेयर सिफारिस
![माओवादी केन्द्रबाट गौशाला र बर्दिवासका मेयर र उपमेयर सिफारिस](https://annapurnapost.prixacdn.net/media/albums/maoist-center-mawobadi_20211127034600_9gMbUMiWNz.jpg)
महोत्तरी : स्थानीय तह निर्वाचनको लागि मनोनयन दर्ता गराउने अन्तिम समयमा आएर नेकपा माओवादी केन्द्रले महोत्तरीको गौशाला र वर्दिवास नगरपालिकाको लागि मेयर र उपमेयरको नाम सिफारिस गरी पठाएको छ।
स्रोतका अनुसार गौशाला नगरपालिकाको लागि मेयर पदमा विष्णु लामा र उपमेयरमा जनकदुलारी साहको नाम सिफारिस गरेको हो।
त्यस्तै बर्दिवास नगरपालिकाको लागि मेयर पदमा राजु खडका र उपमेयरमा कृष्णमाया गौतमको नाम सिफारिस गरेको हो।
मधेश प्रदेशका आन्तरिक मामिला तथा संचारमन्त्री भरतप्रसाद साहका अनुसार अहिले केही बेरमै मनोनयन दर्ता गराउने तयारी अन्तिम अवस्थामा रहेको जानकारी दिएका छन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)