एमाले मेयर पदका उम्मेदवारमाथि हातपात

एमाले मेयर पदका उम्मेदवारमाथि हातपात

महोत्तरी : गौशाला नगरपालिकाको एमाले पार्टीबाट मेयर पदको उम्मेदवार अजय कुशवाहा माथि हातपात गरिएको छ। सोमबार गौशाला नगरपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्न आएको समयमा हातपात गरिएको हो।

सोही पार्टीका देवेन्द्र महासेठले कुशवाहा माथि हातपात गरिएको हो। महासेठले बावु रामऔतार महासेठको लागि टिकट माग गरेको र सो नदिदाँ आफूमाथि हातपात गरिएको कुशवाहाले बताए। कुशवाहाले भने, ‘आफूलाई पार्टीले टिकट दिएको निहुँमा यहाँका नेता कार्यकर्ताहरु बिहानैदेखि तनाव दिँदै आएका थिए। उनीहरु दिनभरि नै मानसिकरुपमा दबाव दिएको र पछि निर्वाचन अधिकृतको कार्यालयमा आउँदा आफूलाई घेरेर हातपात गरका हुन्।’

उनलाई निर्वाचन आयोगबाट खटिएको कर्मचारी र सुरक्षाकर्मीले घेरा हालेर सुरक्षित स्थलतर्फ लागोको हो। अहिले नेकपा एमालेका पदाधिकारीहरु मनोनयन दर्ता गराउदैँछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.