कर्णालीका स्थानीय तह प्रमुखमा महिलाको उम्मेदवारी

कर्णालीका स्थानीय तह प्रमुखमा महिलाको उम्मेदवारी

दैलेख : स्थानीय तहको निर्वाचनका लागि सोमबार दलहरुले उम्मेदवारी दर्ता गराएका छन्। पालिकास्तरमा रहेका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा दलहरुले उम्मेदवारी दर्ता गराएका हुन्। कर्णालीमा मुख्यगरी नेकपा एमाले, सत्ता गठबन्धनमा रहेका दलहरु नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) तथा नेपाल मजदुर किसान पार्टी र राप्रपाले स्थानीय तहको प्रमुख उपप्रमुखमा उम्मेदवारी दर्ता गराएका छन्। 

स्थानीय तह निर्वाचनका लागि कर्णालीका केही स्थानीय तहको प्रमुखमा महिलाको उम्मेदवारी दर्ता भएको छ। कर्णाली प्रदेशको राजधानी रहेको वीरेन्द्रनगर नगरपालिकाको प्रमुखमा नेकपा एमालेको तर्फबाट मोहनमाया ढकालको उम्मेदवारी परेको छ। ढकाल यसअघि वीरेन्द्रनगरको उपमेयर थिइन्। नगरमा उपप्रमुखमा निलकण्ठ खनालको उम्मेदवारी परेको छ। 

दैलेखको नारायण नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसबाट निर्मला खड्का थापाको उम्मेदवारी परेको छ। कांग्रेस सभापति मणिराम रेग्मीका अनुसार गठबन्धन दलहरुको सहमती अनुसार प्रमुखमा कांग्रेसबाट खड्का र उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी) बाट सावित्री मल्लको उम्मेदवारी दर्ता भएको छ। यसअघि खड्का नगरकार्यपालिकाको सदस्य र मल्ल नगरको उपमेयर थिइन्।

दैलेखकै भैरवी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसबाट रिता शाहीको उम्मेदवारी दर्ता भएको छ। कांग्रेसबाट उपाध्यक्षमापनि देवी भण्डारीको उम्मेदवारी परेको छ। शाही नेपाली कांग्रेस दैलेखको उपसभापति हुन्। भण्डारी भैरबी गाउँपालिका–३ को वडाध्यक्ष हुन्। उनी २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा निर्वाचित हुने एकमात्र महिला वडाध्यक्ष हुन्। यहाँ नेकपा (माओवादी) केन्द्रबाट अध्यक्षमा सरिता बिसी रिजालको उम्मेदवारी दर्ता भएको पार्टी सचिव रामकृष्ण कठायतले बताए। 

ठाटीकाँध गाउँपालिकाको अध्यक्षमा एमालेबाट लक्ष्मीदेवी शाहको उम्मेदवारी परेको छ। उपाध्यक्षमा एमालेबाट देवीराम बडुवालको उम्मेदवारी दर्ता गरेको एमाले दैलेखका अध्यक्ष रविन्द्रराज शर्माले बताए। एमालेबाट ठाटीकाँधको अध्यक्षको उम्मेदवार बनेकी शाह जिल्ला समन्वय समितिको उपपप्रमुख थिइन्।

यस्तै जिल्लाको चामुण्डाविन्द्रासैनी नगरपालिकाको मेयरमा नेकपा (एकीकृत समाजवादी) पार्टीबाट मनिषा कार्कीको उम्मेदवारी दर्ता भएको छ। कालिकोटको खाँडाचक्र नगरपालिकाको मेयरमा नेपाली कांग्रेसबाट तारा शाहको उम्मेदवारी परेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.