पहिले बुबा, अहिले २८ वर्षीय छोरा निर्विरोध वडाअध्यक्ष

पहिले बुबा, अहिले २८ वर्षीय छोरा निर्विरोध वडाअध्यक्ष

गोरखा : २०७४ को चुनावमा चुमनुब्री गाउँपालिका वडा नं. ६ बाट लोप्साङफुञ्जो लामा निर्विरोध वडाअध्यक्ष बने। पाँचवर्षको अनुभवपछि अहिले उनले छोरालाई काँध फेरेका छन्।

सोमबार सकिएको मनोनयन दर्ताको अवधिमा सो वडाबाट माओवादी केन्द्रबाट २८ वर्षका ल्हाक्पा छिरिङ लामा(सरोज)को मात्र उम्मेद्वारी परेको निर्वाचन अधिकृत नानीवावु पोखरेलले जानकारी दिए। ‘तर निर्वाचन कार्यक्रम अनुसार मात्र औपचारिक घोषणा गर्न मिल्छ’, उनले भने। 

उनलाई निर्विरोध वडा अध्यक्ष बनाउने बारे एक महिना अघि नै घरसल्लाह र गाउँसल्लाह भएको थियो। ‘बुबाले म पनि बुढो हुँदै गएँ। बिरामी पनि भइरहन्छु। अब तँ अघि बढ्नु पर्छ भन्नुभयो। उता कांग्रेसले पनि अब युवालाई अघि बढाउनु पर्छ भनेर सल्लाह गरिरहेको थियो’, उनले भने, ‘अनि बुबाले गरेको प्रस्तावमा माओवादी र कांग्रेस दुवैको सहमति भयो।’ माओवादीबाट वडाअध्यक्षसहित दुईजना र कांग्रेसबाट पनि दुईजना सदस्य मिलाएर उम्मेद्वारी दर्ता गरिएको उनले बताए।

केन्द्रमा पनि गठबन्धनको कुरा थियो। गाउँमा पनि मिलेर जानुपर्छ भनेर दुई–दुईजना मिलाएर उम्मेद्वारी दर्ता गरिएको कांग्रेसका स्थानीय नेता गोपाल लामाले बताए। २०५१ सालमा जन्मिएका लामा बाबुको प्रेरणाबाट राजनीतिमा लागेका हुन्। गोरखा सदरमुकाम बसेर कक्षा १२ सम्म उर्तीण गरेका उनी गाउँमै इन्टरनेट सेवा, होटल ब्यवशाय र समाजसवेवा गर्दै आएका छन्। 

उनको टिममा कांग्रेसबाट निर्विरोध सदस्य बनेका सोनाम लामा पनि छन्। उनीहरु एउटै उमेर समूहका मिल्ने साथी हुन्। सोनामले सवओभसियरको कोर्श पूरा गरी बसेका छन्। ‘अब युवा मिलेर केही गर्नुपर्छ भनेर गाउँमै सल्लाह गरेर कांग्रेसबाट पनि मेरो साथी सदस्य भएको छ’, उनले भने। दुई युवाहरु मिलेर गाउँको बिकासको नेतृत्व गर्ने योजना रहेको अध्यक्ष लामाले बताए। त्यस्तै डोल्मा लामा, ठिले ग्याम्जो लामा पनि निर्विरोध सदस्य चयन भएका छन्।

चमनुब्री ६ को चुम्चेत दुर्गम गाउँ हो। अहिलेसम्म सडक सञ्जाल जोडिएको छैन। बाटोको अति समस्या भएकाले आफ्नो पहिलो प्रयास बाटोको स्तरोन्नति गर्ने रहेको उनी बताउँछन्। साथै शिक्षा, स्वास्थ्य, र रोजगारको क्षेत्रमा काम गर्ने योजना रहेको बताए ।  वडा नं. ६ मा जस्तै चुमनुब्री गाउँपालिका १ को वडा सदस्यमा सन्डुप लामा, ढेजेन डोल्मा लामा र पासाङ लामा पनि निर्विरोध भएका छन्। त्यस्तै वडा नम्वर २ को दलित महिला सदस्यमा लाक्पा डिकी बिक र वडा नम्बर ५ को महिला सदस्यमा सोनाम साङ्मो लामा पनि निर्विरोध भएको निर्वाचन कार्यालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.