मधेशका ६ जना पत्रकारहरुद्धारा मनोनयन दर्ता

मधेशका ६ जना पत्रकारहरुद्धारा मनोनयन दर्ता

महोत्तरी : मधेश प्रदेशका ६ जना सक्रिय पत्रकारहरु स्थानीयतहको निर्वाचनका लागि विभिन्न पदका लागि मनोनयन दर्ता गराएका छन्। निर्वाचन आयोगले ताकिएको पूर्वनिर्धांरित कार्यतालिकाअनुसार उनीहरु विभिन्न पदका लागि मनोनयन दर्ता गराएका हुन्।

यसरी मनोनयन दर्ता गराउनेमा महानगरको नगरप्रमुख १ जना, नगरप्रमुखमा २ जना, उपाध्यक्षपदमा १ जना र २ जना वडाअध्यक्षपदमा रहेका छन्।

डेढ दशकभन्दा लामो समय पत्रकारिता क्षेत्रमा आवद्ध भएका महोत्तरीका पत्रकार कमलेश मण्डल मटिहानी नगरपालिकाको लागि मेयर पदमा उम्मेदवारी दिएका छन्। उनले माओवादी केन्द्रको तर्फबाट महिटानी नगरपालिकाको नगरप्रमुख पदमा उम्मेदवारी दिएका हुन्। सोमबार दिउँसो निर्वाचन अधिकृतको कार्यालय मटिहानीमा पुगि पत्रकार मण्डलले मेयर पदको लागि उम्मेदवारी दर्ता गराएका हुन्।

नेपाली काँग्रेसको भातृसंस्था प्रेस युनियनबाट दुई कार्यकालसम्म जिल्ला सभापति भईसकेका मण्डल केहीदिन अगाडि मात्र नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका थिए। सोही पार्टीबाट मण्डलले मटिहानी नगरपालिकाको नगरप्रमुखको रुपमा उम्मेदवारी दर्ता गराएका हुन्।

यता वीरगन्ज महानगरपालिकाको प्रमुख पदमा पत्रकार गिरीश गिरीले उम्मेदवारी दिएका छन्। पत्रकार गिरीले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवारी दर्ता गराएका हुन्।

यसवर्षको स्थानीयतहको निर्वाचनमा सप्तरीबाट चार पत्रकारहरु निर्वाचन होमिएका छन्। पत्रकार महासंघ मधेस प्रदेशका सचिव भोला पासवान जनता समाजवादी पार्टी नेपालकातर्फबाट कञ्चनरूप नगरपालिकाको प्रमुख पदमा उम्मेदवार दिएका छन्। त्यस्तै तिलाठी कोईलाडी गाँउपालिकाको उपाध्यक्षमा जनता प्रगतिशील पार्टीबाट पत्रकार हेमशंकर सिंह, नेकपा (एकीकृत समाजवादी) पार्टीको तर्फबाट राजविराज नगरपालिकाको वडा नं. ८ को वडाध्यक्षमा शतिश दत्त, पत्रकार महासंघ सप्तरीका जिल्ला सहसचिव चन्दनकुमार यादवले नेकपा (माओवादी केन्द्र) को तर्फबाट वडाध्यक्षपदमा उम्मेदवारी दर्ता गराएका हुन्।

महासंघका कुनैपनि संरचनामा रहेका पदाधिकारी वा सदस्यहरू उम्मेदवार बनेमा नेपाल पत्रकार महासंघको विधानको मर्म र व्यवस्थाअनुसार सोही समयदेखि कायम रहेको पदबाट स्वतः मुक्त हुने पत्रकार महासंघ मधेश प्रदेशका संयोजक राजेश कर्णले बताएको छ। अध्यक्ष कर्णले भने, ‘एक हप्ता अगाडि बसेको पत्रकार महासंघको केन्द्रीय समितिको वैठकले यस्तो निर्णय गरिएको हो। छलफलमार्फत ७ बुँदे निर्णय गरिएकोमा पत्रकारले स्थानीयतहको निर्वाचनमा भाग लिन ईच्छुक भए पदबाट राजिनामा दिनुपर्ने वुँदा उल्लेख रहेको छ। त्यस्तै अर्को वुँदामा निर्वाचनमा भाग लिने वितिकै पत्रकार महासंघमा आवद्ध रहेको पद स्वतः खारेजी हुनेछ। साधारणसदस्यको हकमा उजुरीको आधारमा कारवाही गरिनेछ।’

आसन्न स्थानीय तहको निर्वाचनमा पत्रकार आचारसंहिताको पूर्ण पालना गर्दै तटस्थ भूमिका निर्वाह गर्न महासंघका प्रदेश अध्यक्ष कर्णले सबैमा आह्वान गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.