तुलसीपुर र घोराहीमा गठबन्धनको चुनाबी सभा आज : देउवा, प्रचण्ड लगाएतका शीर्ष नेता सहभागी

तुलसीपुर र घोराहीमा गठबन्धनको चुनाबी सभा आज : देउवा, प्रचण्ड लगाएतका शीर्ष नेता सहभागी

दाङ : गठबन्धन दलहरुले आइतबार दाङको तुलसीपुर र घोराहीमा बृहत चुनाबी सभा गर्न लागेका छन्। तुलसीपुरको अरनिको मैदान र घोराहीको जिल्ला समन्वय समितिको मैदानमा चुनाबी सभा गर्न लागिएको काङ्ग्रेस दाङले जनाएको छ। 

तुलसीपुर र घोराहीमा हुने चुनाबी सभाहरुलाई सम्बोधन गर्न प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री तथा नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड), काँग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा एकीकृत समाजबादीका उपमहासचिब डा बिजय पौडेल  लगाएतका शीर्ष नेताहरु आउन लागेका छन्। 

तुलसीपुरको अरणिको मैदानमा दिउँसो साढे १२ बजेदेखि सुरु हुने आयोजक नेपाली काँग्रेस दाङका सभापति शंकरप्रशाद डाँगीले जानकारी दिए। तुलसीपुरको कार्यक्रम पछि नेताहरु घोराहीको सभालाई सम्बोधन गर्ने जाने सभापति डाँगीले बताए। 

 
गठबन्धन दलबाट तुलसीपुर उपमहानगरपालिकाको मेयर पदमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरी र उपमेयर पदमा  नेकपा एकीकृत समाजबादीका केन्द्रीय सदस्य जोगबहादुर राना मगर उम्मेदवार रहेका छन्। 
त्यस्तै घोराही उपमहानगरपालिकामा नेकपा माओबादी केन्द्रका हेमराज शर्मा (डायमण्ड) मेयर पदमा र नेपाली काँग्रेसका नेता भुपबहादुर डाँगी उपमेयर पदका उम्मेदवार बनाइएका छन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.