एमाले  दैलेख डुङ्गेश्वरको घोषणापत्र : पढ्दै कमाउँदै कार्यक्रम लागू गर्ने, पालिका र वडा जोड्ने सडक कालोपत्रे गरिने

एमाले  दैलेख डुङ्गेश्वरको घोषणापत्र : पढ्दै कमाउँदै कार्यक्रम लागू गर्ने, पालिका र वडा जोड्ने सडक कालोपत्रे गरिने

दैलेख : जिल्लाको डुङ्गेश्वर गाउँपालिकामा नेकपा एमालेले स्थानीय तह लक्षित घोषणापत्र सार्वजनिक गरेको छ । सुशासन, शिक्षा, स्वास्थ्य, सडक, आधुनिक कृषि प्रर्णाली र बजारिकरण, पर्यटन रोजगार तथा भौतिक पूर्वाधार निर्माणलाई प्रमुख एजेण्डा बनाएर एमालेले घोषणा पत्र सार्वजनिक गरेको हो ।

एमालेबाट यो गाउँपालिकाबाट अध्यक्षमा सुन्दरकुमार केसी र उपाध्यक्षमा कलावती न्यौपाने चुनावी प्रतिस्पर्धामा छन् । केसी लामो समय शिक्षण पेशामा रहेर राजनीतिक यात्रा तय गरेका हुन् भने न्यौपाने जनताका समस्या समाधान गर्न सत्रै सक्रिय रहन्छिन् । एमालेबाट डुङ्गेश्वर गाउँपालिका–१ मा लोकबहादुर डांगी, २ मा राजुकुमार खत्री, ३ मा कृष्णबहादुर खत्री, ४ मा नगेन्द्रबहादुर बुढा, ५ मा पर्वलाल शर्मा र ६ मा मानबहादुर थापामगर वडाध्यक्षको उम्मेदवार छन् ।

गाउँपालिकामा एमालेले सार्वजनिक गरेको चुनावी घोषणापत्रमा पढ्दै कमाउँदै कार्यक्रम लागू गर्नेदेखि पालिका र वडा जोड्ने सडक कालोपत्रे गरिने उल्लेख छ । प्रतिबद्धतामा निशुल्क र गुणस्तरिय शिक्षामा बीचैमा कक्षा छोड्ने समस्या समाधान गर्ने, गाउँपालिकालाई पूर्ण साक्षर घोषणा गर्ने, प्रत्येक वडामा एउटा पुस्तकालय स्थापना गर्ने, एक वडा एक प्राविधिक शिक्षा लागु गर्र्दै पढ्नै कमाउँदै कार्यक्रम लागू गर्ने उल्लेख छ । यस्तै उच्च प्राविधिक शिक्षा अध्ययनका लागि प्रत्येक वर्ष गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने घोषणापत्रमा उल्लेख छ ।

स्वास्थ्य सेवातर्फ गाउँपालिकास्तरमा चिकित्सकिय सेवा सहितको व्यवस्थित अस्पताल निर्माण गर्ने उल्लेख छ । नागरिकको नियमित स्वास्थ्य परीक्षण, सबै नागरिकको अनिवार्य स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउँदै जेष्ठ नागरिक, विपन्न, दलित, एकल महिलार अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य बिमा निशुल्क गरिने घोषणापत्रममा समेटिएको छ । गाउँपालिकाबाट हरेक नागरिकलाई ५० प्रतिशत छुटमा एम्बुलेन्स सेवा दिने समेत घोषणामा पत्रमा समावेश छ ।

घोषणापत्रमा स्वच्छ खानेपानी र सरसफाई क्षेत्रमा गाउँपालिकाका सबै घरधुरीमा एक घर एक धाराको कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन गर्ने, वडा नं. ४, ५ र ६ का लागि बहुउपयोगी खानेपानी योजना निर्माणअन्तरगत लोहोरे नारायणथाप लिफ्टिङ योजना निर्माण गर्ने उल्लेख छ ।

गाउँपालिकाका सबै घरधुरीमा विद्युतीकरण गरी उज्यालो पालिका बनाउने योजना समेत एमालेले लिएको छ । कृषि तथा पशुपालन व्यवसायलाई बढवा दिन कृषि बिमा, कृषि कर्जा तथा अनुदान जस्ता कार्यक्रमबाट किसानको लगानी सुरक्षित गरिने एजेण्डा एमालेले लिएको छ । गाउँपालिकाको केन्द्र तथा प्रत्येक वडा कार्यालयसम्म पुग्ने सडकलाई कालोपत्रे गर्ने, निर्माण भएका सडकलाई ग्राभेल गरी स्तरोन्नती गर्ने, सडक निर्माणमा डोजर प्रयोगलाई निरुत्साहित गर्ने घोषणापत्रमा उल्लेख छ । 

घरबार बिहीन नागरिकका लागि सुरक्षित आवासको निर्माण गरि आवासको व्यवस्था गर्ने, सार्वजनिक जग्गा संरक्षण गर्ने एमालेको घोषणापत्रमा उल्लेख छ ।घोषणापत्रमा आर्थिक विकासलाई विशेष प्राथमिकता दिएको उल्लेख छ । यस्तै गाउँपालिका भित्र रहेको ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पुरातात्विक महत्वका सम्पदाको संरक्षण र विकास गर्ने, कुईया ताललाई व्यवस्थित गरी पर्यटन प्रर्वद्धनमा जोड दिने, प्रत्येक वडामा बगैंचा तथा व्यवस्थित चिल्ड्रेन पार्क निर्माण गर्ने, प्रत्येक वडामा एउटा हेलिप्याड निर्माण गर्ने घोषणापत्रमा उल्लेख छ ।

युवाहरुलाई खेलकुद तथा मनोरञ्जनको साधानको व्यवस्था गर्ने, प्रत्येक वडामा युवा क्लब गठन गरि युवा शसक्तिकरणमा जोड दिने समेत एमालेले प्राथमिकतामा राखेको छ । लैङ्गिक समानता तथा सामाजिक समावेशिकरणतर्फ घरेलु कामको बोझलाई कम गर्दै महिलाहरुलाई उत्पादनशिल र सामाजिक क्षेत्रमा आवद्ध गराउने घोषणापत्रमा उल्लेख छ ।

महिलाहरुको समान ज्याला, लैङ्गिक हिंसा, घरेलु हिंसा तथा धार्मीक एवं सांस्कृतिक प्रथा परम्पराको नाममा हुने सामाजिक भेदभाव र शोषण अन्त्यको अभियान चलाउने, गाउँपालिकालाई महिला हिंसा, बाल विवाह र बोक्सीप्रथा मुक्त घोषणा गर्ने घोषणापत्रमा छ । घोषणापत्रमा गाउँपालिकामा बाल श्रमको अन्त्य गर्ने समेत उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.