बिरामी भएका म्यादी प्रहरीलाई हेलिकोप्टरबाट काठमाडौं लगियो

बिरामी भएका म्यादी प्रहरीलाई हेलिकोप्टरबाट काठमाडौं लगियो

गोरखा : उत्तरी गोरखाको दुर्गम भेगमा खटिएका म्यादी प्रहरी बिरामी भएपछि सरकारले हेलिकोप्टरबाट उद्धार गरी काठमाडौं  पुर्‍याएको छ। चुमनुब्री गाउँपालिका ३ पाङसिङ आधारभूत विद्यालयमा खटिएका म्यादी प्रहरी धार्चे ३ खोर्लाका बेलबहादुर घले बिरामी भएपछि थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लगिएको प्रहरी उपरीक्षक केदार खनालले जानकारी दिए ।  

आइतबार कार्यस्थल पुगेका घलेलाई सोमबार बिहानदेखि पेटसम्बन्धी समस्या देखिएको थियो।  उनलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र फिलिम लगिएको तर निको नभएपछि थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं पठाइएको एसपी खनालले बताए । 

गृहमन्त्रालयसँगको समन्वयमा नेपाली सेनाको हेलिकोप्टरबाट म्यादी प्रहरीको तत्काल उद्धार भएको उनले बताए । ‘हामीले गृहमा जानकारी गरायौँ, अहिले उपचारका लागि काठमाडौं लगिएको छ,' उनले भने । 

५१ वर्षीय घले निर्वाचन सामग्रीसहित टोलीसँग आइतबार मतदान केन्द्र पुगेका थिए । बिहानदेखि पेट दुख्ने समस्या भएपछि काठमाडौंबाट विषेशज्ञ चिकित्सकले भिडियो कन्फरेन्स गरेर बिरामीको अवस्था बुझेका थिए । सिर्दिबासमा उपचार सम्भव नभएपछि उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको चुमनुब्री गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमसेन श्रेष्ठले बताए । 

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका तिब्बतसँग सिमाना जोडिएको पालिका हो । त्यहाँ अहिलेसम्म सडक सञ्जाल पुगेको छैन । दुर्गम भएकै कारण बिरामी हुँदा स्थानीयले हेलिकोप्टरको भर पर्नुपर्ने बाध्यता छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.