मतपत्रसहित निर्वाचनस्थल खटिए पाल्पाका मतदान कर्मचारी

मतपत्रसहित निर्वाचनस्थल खटिए पाल्पाका मतदान कर्मचारी

तानसेन : बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि पाल्पाका मतदान अधिकृत, सहायक मतदान अधिकृत, कर्मचारी र सुरक्षाकर्मीहरु निर्वाचनस्थलमा खटिएका छन्। जिल्ला निर्वाचन कार्यालय पाल्पाबाट मतदानको लागि चाहिने आवश्यक सामाग्री, मुख्य निर्वाचन अधिकृतको कार्यालय तानसेनबाट मतपत्र बोकेर मतदान अधिकृतसहित कर्मचारी र सुरक्षाकर्मीहरु मतदान केन्द्रमा खटिएका छन्।

निर्वाचनस्थल पुगेका मतदान अधिकृतसहितको कर्मचारीहरुले बैशाख २७ गतेदेखि मतदानस्थमा घेराबार गर्ने, सर्वदलिय बैठक बसाल्ने, विभिन्न किसिमका निर्वाचन सूचना टाँस गर्ने, मतदाता परिचयपत्र वितरण गर्ने, मतदानस्थमा मतदात शिक्षा दिने जस्ता कार्यक्रम गर्ने जिल्ला निर्वाचन कार्यालय पाल्पाका प्रमुख रुक्मांगत अर्यालले बताए।

पाल्पाको १० वटा पालिकामा १ लाख ९९ हजार ६ सय ९० मतदाता रहेका छन्। स्थानीय तह निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन ४ वटै सुरक्षा निकायको व्यवस्थापन तथा खटन पटनलाई चुस्तदुस्त पारिएको छ।

पाल्पामा स्थानीय निर्वाचनको लागि २४७ जना मतदान अधिकृत र सहायक मतदान अधिकृतसहित १९७१ जना कर्मचारी, १०८० जना म्यादी प्रहरी, ७०४ जना नेपाल प्रहरी, २१८ जना शसस्त्र प्रहरी,  नेपाली सेना ४१६ जना नेपाली सेना खटिएका छन्। पाल्पामा ११८ मतदान स्थलमध्ये ५७ वटा सामान्य, ४५ वटा संवेदनशिल र १६ वटा अति संवेदनशिल रहेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.