दाङ तुलसीपुरका वडाध्यक्षका उम्मेदवार चौधरीको मृत्यु
दाङ : दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ का वडाध्यक्षका उम्मेदवार लवरु चौधरीको मृत्यु भएको छ। एमालेबाट उम्मेदवार बनेका चौधरीको मंगलबार राति मृत्यु भएको हो।
बघौसी निवासी ५३ वर्षीय चौधरी मिर्गौला, कलेजोको बिरामी थिए। यस अघिको कार्यकालमा तुलसीपुर १७ को वडा सदस्य भएरसमेत काम गरेका थिए।
चुनाव प्रचारकै क्रममा बिरामी परेपछि उनलाई उपचारका लागि २ पटक नेपालगञ्ज स्थित भेरी अस्पतालमा लगिएको थियो। तर, त्यहाँ पनि सञ्चो नभएपछि थप उपचारका लागि काठमाडौंको टिचिङ अस्पतालमा लगिएको थियो। त्यही उपचारको क्रममा उनको निधन भएको नेकपा एमाले तुलसीपुरका अध्यक्ष माधव वलीले बताए।