गोरखामा चुनावको विषयमा कांग्रेस र एमालेका युवाबीच कुटाकुट, चार जना घाइते

गोरखामा चुनावको विषयमा कांग्रेस र एमालेका युवाबीच कुटाकुट, चार जना घाइते

गोरखा : आरुघाट गाउँपालिका १ श्यामचेतमा कांग्रेस र एमालेका युवाहरुका बीच कुटाकुट भएको छ। सोमबार राती मादक पदार्थ सेवन गरी चुनावका विषयमा विवाद भएपछि कुटाकुट भएको प्रहरीले जनाएको छ।

झगडामा एमालेका दुई र कांग्रेसका दुई कार्यकर्ता घाइते भएका छन्। एमाले निकट स्थानीय फूलबहादुर लामा र बिक्रम लामा तथा कांग्रेस निकटका वीरबहादुर लामा र दोर्जे लामा घाइते भएका छन्। उनीहरु सबैको अनुहार र आँखा आसपास चोटपटक लागेको छ।

फूलबहादुर लामाको बायाँ आँखा नजिकै निधारमा चोट छ भने बिक्रम लामाको दायाँ आँखा नजिकै र देब्रे खुट्टामा सामान्य चोट लागेको उपचारमा खटिएका आरुघाट प्राथमिक स्वास्थ्य केन्द्रका सुदर्शन नेपालीले जानकारी दिए। उनीहरु मंगलबार बिहान सामान्य उपचारपछि घर फर्केका छन्।

कुटपिटमा सहभागी भएको आरोपमा कुमार लामा र कर्मा लामाविरुघ इलाका प्रहरी कार्यालय आरुघाटमा उजुरी दिएको नेकपा एमालेका आरुघाट गाउँपालिकाका अध्यक्षका उम्मेद्वार कृष्ण नेपालीले जानकारी दिए। 

इप्रकाबाट प्रहरीहरु घटनास्थलमा पुगेका छन्। उजुरी अनुसार घटनाको छानबीन गरी दोषीमाथि कारबाही गर्ने इप्रका प्रमुख इन्स्पेक्टर रामजी देवकोटाले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.