आफ्नै उम्मेदवारबाट उल्लंघन भयो एकीकृत समाजवादीको घोषणापत्र, सम्पत्ति विवरण गफमै सीमित

आफ्नै उम्मेदवारबाट उल्लंघन भयो एकीकृत समाजवादीको घोषणापत्र, सम्पत्ति विवरण गफमै सीमित

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)का उम्मेदवारहरुले आफ्नै पार्टीको घोषणापत्र उल्लंघन गरेका छन्।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि पार्टीले ६ वैशाखमा ‘स्थानीय निर्वाचन घोषणा पत्र – २०७९’ सार्वजनिक गरेको थियो। उक्त घोषणापत्रमा उम्मेदवारी दाखिला गर्ने दिनसम्म सम्पत्ति विवरण सार्वजनिक गर्ने कुरा गरेको छ। तर मनोनयन दर्ता भएको १५ दिन वित्दा पनि कुनै उम्मेदवारले सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन्।

आफूलाई विधि, पद्धति र अनुशासनमा कटिबद्ध भएको दाबी गर्ने नेकपा एसले शुरुवातमै आफ्नो चुनावी प्रतिबद्धता उल्लंघन गरेको हो।

स्थानीय तह निर्वाचनमा उम्मेदवारी दाखिला गरेकै दिन उम्मेदवारले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्ने र निर्वाचित हुनुअघि आफू संलग्न कारोबार वा व्यावसायको कार्यकारी जिम्मेवारीबाट अलग हुने एकीकृत समाजवादीको प्रतिबद्धता छ। तर यसलाई समाजवादीका उम्मेदवारले कार्यान्वयन गरेका छैनन्।

समाजवादीले सार्वजनिक गरेको ४८ पृष्ठको घोषणापत्रको ४२ पेजमा रहेको ३.३५.१ मा ‘स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दाखिल गरेकै दिन हाम्रा उम्मेदवारहरुले आफनो सम्पत्ति विवरण सार्वजनिक गर्ने छन्’ उल्लेख छ।

सार्वजनिक भएको पार्टीको घोषणापत्रमा उल्लेख भएअनुसार समाजवादीका तर्फबाट स्थानीय तहका विभिन्न पदमा मनोनयन दर्ता गरेका उम्मेदवारहरुले १२ गतेभित्र आ-आफनो सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने हो। तर पार्टीका तर्फबाट उम्मेदवार बनेकाहरुले अहिलेसम्म पनि कुनै उम्मेदवारले सम्पत्ति विवरण पेश गरेको छैनन्।

देशभर ९ हजार ८४२ उम्मेदवार

पार्टीका केन्द्रीय कमिटी सदस्य लक्ष्मण केसीकाअनुसार देशभर नेकपा एसका ९ हजार ८४२ उम्मेदवार छन्। उनी भन्छन्, ‘यो संख्या हजार भन्दा बढ्न सक्छ। सबै डाटा प्राप्त भएको छैन।’ उम्मेदवारको संख्या ११ हजार पुग्ने उनको दाबी गरे।

किन उल्लंघन?

यसमा एकीकृत समाजवादीका नेताहरु भने अनविज्ञता देखाउँछन्। पार्टी प्रवक्ता जगन्नाथ खतिवने यस विषयमा आफूलाई कुनै जानकारी नभएको बताए। ‘म धेरै दिनदेखि गाउँमा छु। के गर्‍या छन्? मैले ठोस निर्णय दिन, जानकारी दिन सकिन,’ उनले भने, ‘कस्ले सार्वजनिक गरे, गरेनन्? मलाइ केही थाहा छैन।’ यस विषयमा सचिवालयमा सोध्नुपर्ने खतिवडाको जवाफ रह्यो।

कार्यालय सचिव गंगाधर तुलाधार पनि यस विषयमा कुनै जानकारी नभएको बताउँछन्। ‘उम्मेदवारी दिने दिनमै गर्ने भनेका थियौं। कतिपय ठाउँमा गरिएको छ भन्ने सुन्नमा आएको छ। देशभर कति उम्मेदवार छन् र,’ उनले भने।

पार्टीका कति उम्मेदवार सार्वजनिक गरे भन्ने प्रश्नमा उनले कहाँ गरियो भन्ने जानकारी नभएको बताए। ‘एकीन डाटा छैन, पछि भए पनि गर्छौ, प्रतिबद्धता गरेपछि त गर्नेपर्‍यो,’ उनले भने।

निर्देशन आएको छैन

समाजवादीबाट काठमाडौ महानगरपालिका उपमेयर उम्मेदवार रामेश्वर श्रेष्ठले अहिलेसम्म सम्पत्ति विरण सार्वजनिक गरेका छैनन्। उनी भन्छन्, ‘पार्टीले निर्णय गरेर गर्नेपर्छ भन्यो भने हामी गर्छौं। अहिले त कसैले गरेको छ जस्तो मलाइ लाग्दैन।’ किन गर्नुभएन भन्ने प्रश्नमा उनी थप्छन्, ‘हजुरले सम्झाउनु भयो। म यो विषयमा पार्टीमा कुरा राख्छु।

पोखरा महानगरपालिका मेयरका उम्मेदवार धनराज आचार्यले मनोनयन दर्ताको दिनमा सम्पत्ति विवरणको फर्म भरेको उनका भाइ शिवराज आचार्यले जानकारी दिए। उनले भने, ‘सम्पत्ति विवरण सार्वजनिकको फर्म थियो भरेर निर्वाचन आयोगलाइ बुझाएका छौं। बाहिर सार्वजनिक भने गरिएको छैन।

बाँके खजुरा गाउँपालिकाका अध्यक्ष उम्मेदवारले पनि अहिलेसम्म आफूले सम्पत्ति सार्वजनिक नगरेको जानकारी दिए। उनी भन्छन्, ‘भोलि तय हुन्छ होला मलाइ निर्वाचन आयोगबाट भनेको पनि थिएन। मैले आफैले गर्नुपर्छ भन्ने लागेर तयारी गर्न लागेको छु,’ उनले भने।

इलामको सूर्योदय नगरपालिकाका मेयर पदका उम्मेदवार रनबहादुर राईले सम्पत्ति सार्वजनिक गर्न कुनै निर्देशन नआएको बताए। उनले भने, ‘पार्टीबाट गर्नैपर्छ भनेर कुनै निर्देशन प्राप्त भएन।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.