बझाङमा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप, एक जना घाइते
![बझाङमा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप, एक जना घाइते](https://annapurnapost.prixacdn.net/media/albums/fight-bibad-leader_20190315032616_4JEikuNUKJ.jpg)
बझाङ : बझाङको सुर्मा-५ सैनगाउँमा नेपाली कांग्रेस र नकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ। झडपमा परि नेकपा एमालेका एकजना कार्यकर्ताको आँखामा चोट लागेको छ।
सुर्मा गाउँपालिकाको सैनगाउँस्थित धौलदेउ आधारभूत विद्यालयमा दिउँसो साढे ४ बजे भएको झडपमा परि एमाले कार्यकर्ता रामबहादुर बोहराको दाहिने आखाँमा चोट लागेको प्रहरीले जनाएको छ।
अशक्त, अपांग ब्यक्तिहरुको भोट के कसरी हाल्ने भन्ने विषयमा छलफल भइरहेको बेला दुवै पक्षबीच सामान्य झडप परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।
अहिले सुरक्षाकर्मी सो ठाउँ खटिएपछि दुबै पक्षबीचको झगडा साम्य भइसकेको जनाइएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)