मतदान गरेर पूर्व प्रधानमन्त्री भट्टराई राजधानी प्रस्थान
गोरखा : पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईले मतदान गरेका छन्। पालुङ्टार नगरपालिका वडा नं. १ अन्नपूर्ण मावि मतदानकेन्द्रमा बिहान साँढे आठ बजे लाइनमा बसेर मतदान गरेका उनका सहयोगी लक्ष्मण परियारले जानकारी दिए।
उनको पुर्ख्यौली घर सोही वडाको बेलबास भन्ने ठाउँमा रहेको छ। उनकी धर्मपत्नी जसपा नेतृ हिसिला यमीले काठमाडौंको मतदानकेन्द्रमा मतदान गर्नुपर्ने भएकाले भट्टराई दम्पत्ति मतदान सकेर अहिले बिहान काठमाडौं फर्कंदै छन्। उनले आफ्नो मतदान पत्रमा छाप लगाएर सबैलाई देखाएका थिए।





प्रतिक्रिया दिनुहोस !