गोरखाको ज्ञानमार्ग मतदान केन्द्रमा कांग्रेस–माओवादी झडप, हवाई फायर
गोरखा : कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप भएपछि गोरखाको गण्डकी गाउँपालिका ७ ज्ञानमार्ग माविमा हवाई फायर भएको छ। सो माविको ‘ख’मतदान केन्द्रमा दोहोरो झडप भएपछि एक राउण्ड हवाइ फायर गरिएको जिल्ला प्रहरी प्रमुख एसपी केदार खनालले जानकारी दिए।
एक व्यक्तिले जेष्ठ नागरिकको मतदान गरिसकेपछि पुन अर्को अपाङ्गता भएको व्यक्तिको पनि मतदान गर्ने प्रयास गरेपछि दुई पक्षबीच बिवाद भएको उनले बताए।
‘दुई पक्षबीच विवादसँगै झडपको अवस्था सिर्जना भयो। डेढ घण्टासम्म मतदान कार्य पनि रोकियो’, गोरखाका प्रहरी प्रमुख एसपी केदार खनालले भने,‘एक राउण्ड हवाई फायर गर्नुपर्ने अवस्था आयो। अहिले मतदान कार्य सुचारु भएको छ।’
प्रतिक्रिया दिनुहोस !