मुगुमा पाँचजना क्रियापुत्रीले गरे मतदान
मुगु : स्थानीय तह निर्वाचनमा पाँचजना क्रियापुत्रीले मतदान गरेका छन्। शुक्रबार बिहान ७ बजेबाट सुरु भएको मतदानमा छाँयाना रारा नगरपालिका—२ का २ र खत्याड गाउँपालिकाका ३ जना गरी पाँचजना क्रियापुत्रीले मतदान गरेका हुन् । छाँयानाथ रारा नयरपालिका—२ कि ७४ वर्षीया बिष्णुमति तिरुवाको तीनअघि मृत्यु भएको थियो। आमाको मृत्युपछि क्रिया बसेका तिरुवाको छोरा प्रेमसिंह तिरुवा र लालबहदुर तिरुवाले विधुत प्राधिकरण मतदान केन्द्रमा गएर मतदान गरेका हुन् ।
यस्तै, ११ दिन अगाडि आमाको मृत्यु भएपछि क्रियापुत्री बसेका तीन भाइ कविराज कार्की, वीरबहादुर कार्की र जयसुर कार्कीले बिहान ८ बजे सरस्वति आधारभूत विद्यालयमा मतदान गरेका हुन् । मतदान गर्न नेपालगंजबाट दुई दिन अगाडि छाँयानाथ रारा नगरपालिका—२ की ७४ वर्षीया बिष्णुमता तिरुवा मतदान गर्न भनेर घर आएकी थिइन् । मतदान गर्न नपाउँदै उनको मृत्यु भएको हो।
आमाको क्रियापुत्री बसेका दुई भाइ नाङ्गो खुट्टाले आधी घन्टाको पैदलयात्रा हिँडेर मतदान केन्द्र पुगेका थिए। अर्का क्रियापुत्री कबीराज कार्कीले पाँच वर्षको एकपटक आउने निर्वाचनमा नाङ्गो खुट्टामा १ घण्टा पैदल हिँडेर मत हालेको बताए ।