बझाङका चार स्थानीय तहमा तत्काल मतगणना नहुने

बझाङका चार स्थानीय तहमा तत्काल मतगणना नहुने

बझाङ : बझाङका चार स्थानीय तहमा तत्काल मतगणना नहुने भएको छ। जयपृथ्वी नगरपालिका, छबिसपाथिभेरा गाउँपालिका, सुर्मा गाउँपालिका र केदारस्युँ गाउँपालिकामा विवाद आइ मतदान स्थगित भएकाले पुन: मतदान भएपछि मात्रै मतगणना हुने भएको हो। 

छबिसपाथिभेरा गाउँपालिकाको वडा नम्बर ६ मा नेकपा एमालेका वडाध्यक्षका उम्मेदवार कुटपिट गरेर एकलौटी मतदान गरेको भन्दै मतदान स्थगित गरी पुन: मतदान गर्न माग राख्दै नेकपा एमाले निवेदन दिएको हुँदा त्यहाँ मतगणना हुन नसकेको छबिसपाथिभेरा १ वडाध्यक्ष नैन बोहराले बताए। 

जयपृथ्वी नगरपालिका वडा नम्बर ७ सुवेडास्थित सुनिपिपल मावि मतदानस्थलमा नेकपा माओवादीका एजेन्टले मतपेटी कब्जा गर्न खोजेपछि उत्पन्न झडपले अर्को सूचना जारी नभएसम्मका लागि भन्दै मतदान स्थगन भएको सूचना टाँस भएकाले यहाँ पनि मतगणना हुन नसकेको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद अवस्थीले बताए। 

यस्तै केदारस्युँ ४ स्थित जगन्नाथ माविमा स्वतन्त्र उम्मेद्वारका आफन्तले फर्जी मत खसालेको भन्दै उत्पन्न विवादले त्यहाँ पनि पुन: मतदान हुने भएको छ। यता सुर्मा गाउँपालिका २ को आधाबगर मावि मतदानस्थल र ३ को कृष्ण मावि काटैमा नेकपा एमाले र नेपाली कांग्रेसबीचको झडपले मतदान स्थगित भइ पुन: मतदान गरेपछि मात्रै मतगणना गरिने नेकपा एमालेका गाउँपालिका उपाध्यक्ष उम्मेदवार माता बोहराले बताइन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.