चिचिलामा कांग्रेसले दुई वडा जित्यो
सङ्खुवासभा : सङ्खुवासभाको चिचिला गाउँपलिकाको दुई वटा वडामा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । चिचिला वडा नम्बर १ मा पूर्णकुमार राई र २ मा पनि कांग्रेसकै दिनेशकुमार राई विजयी भएका हुन्।
राईले ३३६ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी माओवादीका विरसिं गुरुङले २२१ मत प्राप्त गरेका छन् । यस वडामा कांग्रेस प्यानल नै विजयी भएको छ ।
त्यसै गरी वडा नम्बर २ मा पनि कांग्रेसका दिनेशकुमार राई वडा अध्यक्षमा ४०२ मत ल्याएर विजयी भएका छन् । उनका निकटकतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका विकास राईले ३३३ ल्याएका छन् । वडा नम्बर २ मा कांग्रेस प्यानल नै विजयी भएको छ ।