मुगुमा एमाले र गठबन्धनबीच झडप,एक घाइते

मुगुमा एमाले र गठबन्धनबीच झडप,एक घाइते

मुगु  : खत्याड गाउँपालिका—७ राउतडी बजारमा गठबन्धन र एमालेबीच झडप हुँदा एकजना घाइते भएका छन्।  झडपमा माओवादी केन्द्रको सचिवालय सदस्य कालीबहादुर रावल घाइते भएका हुन् । खत्याड गाउँपालिका—७  मतगणना स्थल राउतडी बजारमा शनिबार दिउँसो कांग्रेस, माओवादी र एमालेका कार्यकर्ताबीच झडप हुँदा माओवादी सचिवालय सदस्य  ४० वर्षीय कालीबहादुर रावल (प्रसिद्ध) घाइते भएका हुन्।

रावलको टाउकोमा चोट लागेको खत्याड गाउँपालिका—८ बिष्णु रावतले जानकारी दिए। घाइते भएका रावललाई उपचारका लागि रातापानीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा लिएको भन्ने जानकारी आफूलाई आएको भएपनि आधिकारीका जानकारी नआएको जिल्ला प्रहरी कार्यलयका डीएसपी सुभाष हमालले बताए।

निर्वाचनका दिन वैशाख ३० गते खत्याड गाउँपालिका—४ का एमाले कार्यकतालाई कालीबहादुर रावललगायतको टोलीले कुटपिट गरेको निहुँमा दिउँसो २ बजेतिर दुई पक्षबीच झडप भएको बताइएको छ।

                           
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.