मकवानपुरको भीमफेदी गाउँपालिका अध्यक्षमा एमालेका लामा विजयी
हेटौंडा : मकवानपुरको भीमफेदी गाउपालिकाको अध्यक्षमा पुन: नेकपा एमालेका हिदम लामा निर्वाचित भएका छन् । आइतबार राति सम्पन्न मतगणना अनुसार अध्यक्ष लामाले ५५९१ मत प्राप्त गरे । निकटतम प्रतिस्पर्धी गठबन्धन दल (नेकपा माओवादी केन्द्र)का बद्रीबहादुर स्याङ्तानले ५२०९ मत मात्र प्राप्त गरे ।
यस्तै गाउँपालिकाको उपाध्यक्षमा भने गठबन्धन दल (नेपाली कांग्रेस) का सञ्जीव श्रेष्ठ विजयी भएका छन् । उनले ५३१५ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी पार्वती राना १६ मतले पराजित भइन् । उनी दास्रो कार्यकाल उपाध्यक्ष लडेकी थिइन् ।