बझाङको मष्टा गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित ६ वडामा गठबन्धन विजयी
बझाङ : बझाङको मष्टा गाउँपालिका अध्यक्ष र उपाध्यक्षसहित ६ वटा वडामा सत्तारुढ गठबन्धन विजयी भएका छन्। गठबन्धनले गाउँपालिका अध्यक्षमा ज्ञानबहादुर बोहरा, उपाध्यक्षमा हर्कबहादुर धामीसहित ६ वडामा विजयी भएको हो ।
गठबन्धन(कांग्रेस)का गाउँपालिका अध्यक्ष पद उम्मेद्वार ज्ञानबहादुर बोहराले ३०८३ मत पाएर विजयी भएका छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका गाउँपालिका अध्यक्ष पद उम्मेद्वार दिपक रोकायाले २३३७ मत प्राप्त गरि पराजित भए । राप्रपाका उम्मेद्वार भने पालिकाभरबाट जम्मा ६ मतमा सिमित बने ।
बोहरा २०७४ सालको स्थानीय तह चुनावमा नेकपा एमालेका कर्ण कठायतसँग पराजित भएका थिए । यस्तै गाउँपालिका उपाध्यक्षमा गठबन्धन(नेकपा माओवादी केन्द्र)का हर्कराज धामीले नेकपा एमालेका उम्मेदवार शर्मीला रोकायालाई ४८७ मतले पछि पार्दै विजयी बने । हर्कराजले २८१७ मत प्राप्त गरे भने शर्मिलाले २३३० मत मात्रै प्राप्त गरिन् । वडागत रुपमा पनि ७ वडा रहेको मष्टा गाउँपालिकामा गठबन्धनले ६वटा जितेको छ भने एक वडामा नेकपा एमालेले जीत हात पारेको छ । बझाङको मष्टा-१ मा गठबन्धन (नेकपा माओवादी केन्द्र)का वडाध्यक्षसहित प्यानल विजयी भएको छ ।
गठबन्धन (नेकपा माओवादी केन्द)का रामचन्द्र रोकाया ६३६ मत ल्याएर वडा अध्यक्ष निर्वाचित भएका हुन् । रोकायाका प्रतिद्वन्दी एमालेका राजेन्द्र थापाले ४०३ मत मात्रै ल्याए । ४ जना वडा सदस्य पनि सबै गठबन्धनकै निर्वाचित भएका छन् ।
मष्टा गाउँपालिका वडा नम्बर २ मा नेपाली काँग्रेस गठबन्धनका उम्मेदवार प्रकाश खड्का नेकपा एमालेका बिर्ख कठायतलाई पछि पार्दै विजयी भएका छन् । गठबन्धन (कांग्रेस) का उम्मेद्वार प्रकाश खड्काले ४५६ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका बिर्ख कठायत ४४७ मत प्राप्त गरि पराजित भएका हुन् ।
वडा नम्बर ३ मा गठबन्धन (एकीकृत समाजवादी) का धर्मराज धामी २०१ मतसहित विजयी भएका छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका पुरन धामीले २१५ मत प्राप्त गरि पराजित भएका हुन् ।
वडा नम्बर ४ मा गठबन्धन(कांग्रेस)का उत्तम जोशी ३४२ मतसहित विजयी भएका छन् भने नेकपा एमालेका गोपाल कठायत ३२७ मत प्राप्त गरि पराजित भएका छन् । वडा नम्बर ५ मा गठबन्धन(कांग्रेस)का सुधन बोहरा ३४० मतसहित विजयी भएका छन् भने नेकपा एमालेका रण बोहरा ३३४ मत प्राप्त गरि पराजित भएका छन् ।
वडा नम्बर ६ मा गठबन्धन (नेकपा माओवादी केन्द्र) शिवराज बोहरा ४५८ मतसहित विजयी भएका छन् भने नेकपा एमालेका गोपाल आग्री १३२ मत प्राप्त गरि पराजित भएका हुन् ।
वडा नम्बर ७ मा नेकपा एमालेका धनबहादुर जेठारा ४२१ मतसहित विजयी हासिल गरेका छन् भने गठबन्धन (नेकपा माओवादी केन्द्र) रमेश जेठारा ३८० मत प्राप्त गरि पराजित भएका छन् ।