धनौजीमा मतपत्र विवाद, स्थिति नियन्त्रणमा लिन हवाई फायर

धनौजीमा मतपत्र विवाद, स्थिति नियन्त्रणमा लिन हवाई फायर

जनकपुरधाम : धनौजी गाउँपालिकामा खसेको मतभन्दा बढी मतपत्र भेटिएपछि विवाद हुँदा प्रहरीले हवाईफायर गरेको छ। धनुषाको धनौजी गाउँपालिकास्थित वडा नं. १ को मतगणनाको क्रममा बढी मतपत्र भेटिएपछि स्थानीयले विरोध गर्दा मतगणना कार्य स्थगित गरिएको छ। त्यसपश्चात स्थानीयले मतदान अधिकृतविरुद्ध नारावाजी गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर तथा अश्रुग्यास फायर गरेको हो।

धनौजीको वडा नं. १ लखौरीमा कूल खसेको मत संख्यामा १६८९ थियो तर बाकसबाट १७०५ मतपत्र भेटिएपछि विवाद भई मतगणना स्थगन गरिएको हो। धनौजीको वडा नं. १ को मतदान केन्द्र (क) ५७८, (ख) ५६३ र (ग) ५४८ गरी कूल १६८९ हुनुपर्नेमा १५ मत बढेपछि विवाद उत्पन्न भएको थियो। विवादको क्रममा स्थिति अनियन्त्रित भएपछि प्रहरीले हवाईफायर तथा अश्रुग्यास प्रहार गरेको प्रहरी नायव उपरीक्षक प्रदिपबहादुर क्षेत्रीले जानकारी दिए।  

निर्वाचन अधिकृत पोषराज खनालले मतपेटिकामा भनिएको भन्दा १५ वटा मत बढी फेला परेको भन्दै उम्मेदवार तथा प्रतिनिधिहरुले हो–हल्ला गरेको थियो। ‘मतपेटिकामा खसेको भन्दा बढी बढी मत फेला परेको छ। निर्वाचन सम्बन्धी ऐनले मतपेटिकामा रहेको मतलाई नै अन्तिम मत मान्ने अवस्था रहेपनि यसलाई वेवास्ता गरेपछि विवाद हुँदा मतगणना स्थगित छ।’

मतगणनाको अन्तिम परिणामसम्म अध्यक्षमा नेपाली कांग्रेसका राजकुमार साह १५१४ मतसहित पहिलो स्थानमा रहेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी लोसपाका जिवेन्द्र झा १ हजार मतसहित दोस्रो स्थानमा रहेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.