बान्नीगढी जयगढको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले

अछाम : अछामको बान्नीगढी जयगढ गाउँपालिकाको नतिजा सार्वजनिक भएको छ। गाउँपालिकाको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन्।
गाउँपालिकाको अध्यक्षमा कांग्रेसका टेकबहादुर साउद विजयी भएका छन्। साउद ३ हजार ११२ मतले विजयी भएका हुन्। उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका लोकबहादुर साउदले २ हजार ६१४ मत प्राप्त गरेका छन्।
उपाध्यक्षमा नेकपा एमालेका बिन्दु रावल विजयी भएकी छन्। उनले २ हजार ७३१ मतका साथ विजयी भएकी हुन्। उनका निकटतम प्रतिद्धन्द्धी माओवादीका निर्मला साउदले २ हजार ७१७ मत प्रात गरेकी छन्।
६ वडा रहेको बान्नीगढिमा ३ कांग्रेस, २ नेकपा एमाले, १ माओवादीले जितेका छन्। वडा नं १ मा कांग्रेसका गजेन्द्र खड्का, वडा नं २ मा कांग्रेसका नेत्रबहादुर साउद, वडा नं ३ मा कांग्रेसका नवराज साउद, वडा नं ४ मा एमालेका किरण खत्री, वडा नं ५ मा एमालेका टंक साउद, वडा नं ६ मा माओवादीका जगत थापा विजयी भएका छन्।
बान्नीगढी जयगढ गाउँपालिकामा कांग्रेस, समाजवादी र माओवादीबीच गठबन्धन भएको थियो।
प्रतिक्रिया दिनुहोस !
