खाँदबारीको मेयरमा कांग्रेस, उपमेयरमा एमाले विजयी
संखुवासभा : खाँदबारी नगरपालिकाको मेयरमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका महेश थपलिया र उपमेयरमा नेकपा एमालेकी महेश्वरा बज्राचार्य विजयी भएका छन् ।
थपलियाले ७ हजार ३४ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्दी एमालेका जितबहादुर घिमिरेले ५५ सय ८९ मत ल्याएका छन् ।
थपलिया गत निर्वाचनमा एमालेका मुरारीप्रसाद खतिवडासँग पराजित भएका थिए ।
उपमेयर निर्वाचित बज्राचार्यले ६ हजार ३ सय ८५ मत मत ल्याउँदै नेकपा (माओवादी केन्द्र)का दिव्यराज बरालललाई हराएकी हुन् । बरालले ५१ सय ४७ मत ल्याएका छन् ।
०७४ को निर्वाचनमा मेयर र उपमेयर नै नेकपा एमालेले जितेको थियो । खाँदबारीमा वडा १, ७, ८, ११ कांग्रेसले जितेको छ भने वडा २, ३, ४, ५, ९ र १० नेकपा एमाले जितेको छ । वडा नम्बर ६ मा माओवादीले जितेको छ । नेपाली कांग्रेसले मेयर सहित ४ वडा वडा जिते पनि कार्यापालिकामा एमाले बहुमत हुने निश्चित भएको छ ।