ओखलढुंगाको मोलुङमा गठबन्धन भत्काउँदै अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

ओखलढुंगाको मोलुङमा गठबन्धन भत्काउँदै अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

ओखलढुंगा : मोलुङ गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

कांग्रेस-माओवादीको गठबन्धन भत्काउँदै अध्यक्षमा नेकपा एमालेका उत्तम राई विजयी भएका हुन् । 

राईले ४ हजार ५२ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी गठबन्धनबाट कांग्रेस उम्मेदवार राजन दाहालले ३ हजार ४ सय ६२ मत पाए । यसअघि एमालेले २६ मतान्तरले अध्यक्ष पद मात्र जितेको थियो ।

उपाध्यक्षमा पनि एमालेकी उर्मिला खतिवडा निर्वाचित भइन् । उनले प्रतिस्पर्धीलाई दोब्बर बढी मतान्तरले पछि पार्दै उपाध्यक्ष जितेकी हुन् । 

खतिवडाले ४ हजार २ सय ल्याउँदा गठबन्धनबाट माओवादी केन्द्रका  कुलबहादुर खत्रीले २ हजार ९६ मत पाए । खतिवडाले २ हजार १ सय ४ बढी मतले जित्न सफल भएकी छन् । 

जिल्लामा सबैभन्दा धेरै मतान्तरमा विजयी हुने उनी पहिलो जनप्रतिनिधि हुन् । वडामा पनि एमालेको बहुमत छ । ८ मध्ये ५ वडा एमाले र ३ नेपाली कांग्रेसले जितेको छ । 

माओवादी केन्द्रका सबै वडा अध्यक्ष र गठबन्धनको उपाध्यक्षसहित सबै पदमा पराजित भए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.