दोहोरिएका अनुहार : पुराना कोहीले हारे, कोहीले जिते

दोहोरिएका अनुहार : पुराना कोहीले हारे, कोहीले जिते

सङ्खुवासभा : दश स्थानीय तह रहेको संखुवासभामा एक अध्यक्ष र एक मेयर स्थानीय तहको निर्वाचनमा दोहोरिएका छन्। पाँचखपन नगरपालिका मेयर र चिचिला गाउँपालिका अध्यक्ष पुनः दोहोरिएका हुन्। 

२०७४ को निर्वाचनामा निर्वाचित पाँचखपनका मेयर विपिन राई र चिचिला गाउँपालिका अध्यक्ष पासाङ नुवु शेर्पा यस पटकको निर्वाचनमा पनि निर्वाचित भएका छन्। २०७४ को निर्वाचनमा मकालु गाउँपालिका–१ बाट वडा अध्यक्षमा निर्वाचित ओङदी छिरिङ शेर्पा यस पटक गाउँपालिका अध्यक्षमा निर्वाचित भएका छन्। 

धर्मदेवि नगरपालिकाबाट २०७४ को निर्वाचनमा वडा नं. ६ को निर्वाचनमा एमाले निर्वाचित वडा अध्यक्ष उदय चन्द्र पौडेल यस पटक मेयरमा विजयी भएका छन्। धर्मदेविकै वडा १ मा जगतबहादुर कार्की, ३ मा श्याम पौडेल र ६ मा लक्ष्मिप्रसाद अधिकारी पुन वडा अध्यक्षमा विजयी भएका हुन्। 

त्यसैगरी दोहारीएका वडा अध्यक्षहरुको हारजित भएको छ। खाँदबारी नरपालिका–१ मा निरञ्जन श्रेष्ठ, वडा ८ मा डम्बरबहादुर कटुवाल र वडा ३ का भरतकुमार घिमिरेले दोस्रो कार्यकालको जिम्मेवारी निर्वाह गर्ने अवसर प्राप्त गरेका हुन्। घिमिरे उप निर्वाचनमा नेकपा बाट निर्वाचित भएका थिए। चैनपुर नगरपालिका–३ मा बलबहादुर अधिकारी, वडा ४ मा धनबहादुर तामाङ र वडा ५ मा काजी बहादुर लिम्बु पुन निर्वाचित भएका हुन्। मादी नगरपालिका–६ मा धननारायण तामाङ पुन निर्वाचित भएका छन्। 

त्यसैगरी पाँचखपन नगरपालिका–१ मा तेकबहादुर बुढाथोकी र वडा नं. ९ मा कुलबहादुर तामाङ दोहोरीएका हुन्। सिलिचोङ गाउँपालिकामा वडा नम्बर १ बाहेका वडामा सबै वडा अध्यक्ष दोहोरिका छन्। वडा २ मा मोहन संसेर राई, ३ मा प्रताप सिं तामाङ, ४ देवेन्द्र राई र ५ मा इश्वर राई पुन विजयी भएका हुन्। 

दोहोरिका एक गाउँपालिका अध्यक्ष, उपाध्यक्ष १० जना वडा अध्यक्षले दोस्रो पटक हार व्यहोर्नु पारेको छ। सभापोखरी गाउँपलिका अध्यक्ष रत्न सुब्बा, मकालु गाउँपालिका उपाध्यक्ष चमेली राई र मादी नगरपालिका–९ मा वडा अध्यक्ष भएका छिरिङ् शेर्पा यस पटक उपमेयरमा पराजित भएका छन्। वडा अध्यक्षमा सभापोखरी–५ का यम सुब्बा, ६ का विकास पौडेल र २ का डिकप्रसाद सुवेदीले हार व्यहोर्नु परेको हो। त्यसैगरी खाँदबारी नगरपालिका–६ मा दयानिधी बराल र ११ मा नगेन्द्र गुरुङले वडा अध्यक्षमा हार व्यहोरेका हुन्। 

चैनपुरमा नगरपालिका–८ मा भरत खड्का, १० मा तेजबहादुर कटुवाल र ११ मा धर्म चौहान पनि वडा अध्यक्षमा पाराजित भएका छन्। माओवादी बाट एमालेमा प्रवेश गरेका खड्का जिल्ला उपसचिव पनि हुन्। त्यसैगरी भोटखोला गाउँपालिका–१ का तेन्छेवी शेर्पा पनि यस पटक पराजित भए। 
 
सङ्खुवासभामा कांग्रेस ६ र एमाले ४ पालिका प्रमुख 

स्थानीय तहको निर्वाचनमा सङ्खुवासभाको १० स्थानीय तहमध्ये कांग्रेसले ६ र एमालेले ४ वटा पालिका अध्यक्ष जितेको छ। कांग्रेस र एमाले २०७४ को निर्वाचनमा पाँच/पाच प्रमुख तथा अध्यक्ष जितेको थियो। 

एमालेबाट ३४, कांग्रेसबाट ३३, माओवादीबाट ९ र स्वातन्त्रमा १ वडा अध्यक्ष निर्वाचित भएका छ। वडा अध्यक्षहरुमा एमाले पहिलो देखिएको छ। कांग्रेसले खाँदबारी नगरापालिका, धर्मदेवि नगरपालिका, सभापोखरी गाउँपालिका, चिचिला गाउँपालिका, सिलिचोङ गाउँपालिका, मकालु गाउँपालिका प्रमुख तथा अध्यक्ष जितेको छ। 

एमालेले मादी नगरपालिका, धर्मदेवि नगरपालिका, चैनपुर नगरपालिका र भोटखोला गाउँपालिका प्रमुख तथा अध्यक्ष निर्वाचित भएका छन्। त्यसैरी कांग्रेसबाट ३ र एमालेबाट ४ उपप्रमुख तथा उपाध्यक्ष विजयी भएका छन्। माओवादीले १, नेकपा(एकिकृत समाजवादी)ले २ उपप्रमुख तथा उपाध्यक्ष जितेको छ। २०७४ को निर्वाचनमा एमाले ६ वटा र कांग्रेसले ४ वटा उपप्रमुख तथा उपाध्यक्ष जितेको थियो। 

खाँदबारी नगरपालिकाको मेयरमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका महेश थपलिया र उपमेयरमा नेकपा एमालेकी महेश्वरा बज्राचार्य विजयी भएका छन्। सभापोखरी गाउँपालिकामा गठबन्धनका तर्फबाट अध्यक्षमा नेपाली कांग्रेसका भिमबहादुर लिम्बु विजयी भएका छन्। मादी नगरपालिकाको मेयरमा एमालेका जिवन लिंथेप र उपमयेरमा सुनिता देव भट्टराई निर्वाचित भएका छन्। पाँचखपन नगरपालिकाको मेयरमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका विपीन राई र उपमेयरमा नेकपा (एकिकृत समाजवादी)की सुमुना श्रेष्ठ विजयी भएका छन्। भोटखोला गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका वाङ छेदर लामा उपाध्यक्षमा एमालेकै सहना लामाले निर्वाचित भएकी छन्। 

मकालु गाउँपालिका अध्यक्षमा कांग्रेसका ओङदी शेर्पा र उपाध्यक्षमा नेकपा(माओवादी केन्द्र) की मनकला राई विजयी भएका छन्। सिलिचोङ गाउँपालिकाको अध्यक्ष पदमा भुपालराज मेवाहाङ र उपाध्यक्ष पदमा देविता कुलुङ निर्वाचित भएका हुन्। चिचिला गाउँपालिकाको अध्यक्षमा पासाङ नुर्वू शेर्पा दोश्रो कार्यकालका लागि निर्वाचित भएका छन् भने उपाध्यक्षमा मनकला राई निर्वाचित भएकी छन्। धर्मदेवि नगरपालिकाको मेयरमा एमालेका उदचन्द्र पौडेल र उमेयरमा कांग्रेसकी तारा महते विजयी भएका हुन्। चैनपुर नगरपालिमा मेयर र उपमेयर एमाले जितेको छ। मेयरमा कृष्णकुमार तामाङ र उपमेयरमा एमालेकै एलिना श्रेष्ठले विजयी भएकी छन्। 

 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.