पर्वत विहादीको अध्यक्षमा कांग्रेसका गुरुङ र उपाध्यक्षमा एमालेका तिवारी विजयी

पर्वत विहादीको अध्यक्षमा कांग्रेसका गुरुङ र उपाध्यक्षमा एमालेका तिवारी विजयी

कुश्मा : पर्वतको बिहादी गाउँपालिकाको अध्यक्षमा गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका परविन गुरुङ  निर्वाचित भएका छन‍्। गुरुङ ३ हजार ४६९ मत ल्याएर विजयी भएका हुन्। उनले नेकपा एमालेका उम्मेदवार ओम कुँवरलाई ५३२ मतान्तरले पराजित गरेका छन्। पराजित ओम कुँवरले २ हजार ९ सय ३७ मत ल्याएका छन्।

उपाध्यक्षमा भने नेकपा एमालेकी मिना तिवारी निर्वाचित भएकी छन्। तिवारीले ३ हजार २२७ मत ल्याएर विजयी हुँदा गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका नेकपा माओवादीका सन्तबहादुर गुरुङले ३ हजार ५० मत ल्याएका छन्।

६ वडा रहेको विहादी गाउँपालिकामा ३ वडामा एमाले २ मा कांग्रेस र १ वडामा माओवादी विजयी भएको छ। वडा नं. १, ३, ५ मा नेकपा एमाले, २, ४ मा कांग्रेस र वडा नं. ६ मा माओवादी केन्द्रमा उम्मेदवार विजयी भएका हुन्। योसँगै पर्वतका ७ वटै स्थानीय तहको मतगणना सम्पन्न भएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.