सप्तरीकी पहिलो नगरप्रमुख महिला बनिन् गीता चौधरी

सप्तरीकी पहिलो नगरप्रमुख महिला बनिन् गीता चौधरी

राजविराज : सप्तरी जिल्लामा गीता चौधरी पहिलोपटक महिला नगर प्रमुख बनेकी छन्। सुरुङ्गा नगरपालिकामा नेपाली कांग्रेसबाट गीता चौधरी तीन हजार ७५ मत अन्तरले निर्वाचित हुँदै नगर प्रमुख बनेकी हुन्।

    
फराकिलो मत अन्तरले निर्वाचित चौधरीले ७ हजार २ सय ९२ मत ल्याएकी छन्। सप्तरीमा अहिलेसम्म निर्वाचित प्रमुखलाई प्राप्त यो मत पनि सबैभन्दा बढी हो। यसअघि २०७४ मा नेपाल लोकतान्त्रिक फोरमबाट उम्मेदवार बनेकी गीताले त्यसबेला २ हजार ७७४ मत ल्याएर तेस्रो भएकी थिइन्।  

योसँगै नेपाली कांग्रेसले सप्तरीमा अग्रता कायम राख्दै ४ वटा स्थानीय तहमा प्रमुख र ६ वटामा उपप्रमुख पदमा जीत हासिल गरेको छ। सुरुङ्गा नगरपालिकामा रामनारायण चौधरीले ४ हजार २१७ मत ल्याएर फेरि पनि निकटतम प्रतिद्वन्द्वीमा चित्त बुझाएका छन्। 

यसअघि २०७४ मा नेकपा (एमाले) बाट उम्मेदवार बन्दा ५ हजार ६९ मत ल्याएका रामनारायण चौधरीले यसपटक नेकपा (एकिकृत समाजवादी)बाट उम्मेदवार हुँदा ४ हजार २१७ मत मात्र ल्याए।      
    
उपाध्यक्षमा नेपाली कांग्रेसका रुद्रबहादुर कार्की ६ हजार २७५ मत ल्याएर निर्वाचित भएका छन्। उनी पनि सप्तरीबाट निर्वाचित हुने पहिलो पुरुष उपप्रमुख हुन्। यसअघि र हालसम्म निर्वाचित हुने उपप्रमुख र उपाध्यक्ष सप्तरीमा महिला मात्र छन्।
    
उनको निकटम प्रतिद्वन्द्वी एकीकृत समाजवादीकी सुनिताकुमारी मुखियाले ३ हजार ९९८ मत ल्याएकी छिन्। यसअघि नेकपा (एमाले) की उपप्रमुख उम्मेदवार सबिना डोटेल ३२ मत अन्तरले मात्र पराजित भएकी थिइन्।
    
वडा अध्यक्षमा एकीकृत समाजवादीले ४, जसपाले ३, कांग्रेसले र माओवादी केन्द्रले २-२ वडा अध्यक्षमा जीत हासिल गरेका छन्। एकीकृत समाजवादीबाट वडा १ मा ६०१ मत ल्याएर छत्रबहादुर राउत, वडा ३ मा ६३४ मत ल्याएर किरणकुमार पोखरेल, वडा ४ मा ८६४ मत ल्याएर देबेन्द्रप्रसाद चौधरी, वडा ५ मा ७१८ मत ल्याएर दिलाराम चौधरी वडा अध्यक्ष बनेका छन्।

जसपाबाट ४७५ मत ल्याएर सन्तकुमार यादव, ६२५ मत ल्याएर चन्द्रनारायण यादव र ५८० मत ल्याएरराजकुमार चौधरी क्रमशः ९, १० र ११ वडाको अध्यक्ष निर्वाचित भएका छन्। कांग्रेसबाट वडा ७ र ८ मा क्रमशः शिवनारायण चौधरी र श्यामप्रसाद साह विजयी भएका छन्। उनीहरुले क्रमः ९३७ र ७५० मत ल्याए। माओवादी केन्द्रबाट वडा २ मा ८०६ मत ल्याएर अर्जुनबहादुर खपाङ्गी मगर र वडा ६ मा २८० मत ल्याएर दिनेशकुमार राम वडा अध्यक्षमा निर्वाचित भएका छन्।
    
सप्तरीमा हालसम्म घोषित १० स्थानीय तहको परिणाम अनुसार कांग्रेसले ४, एमालेले २, जसपा, लोसपा, जनमत, नेकपा (एकिकृत समाजवादी)ले १-१ स्थानीय तहमा जित हासिल गरेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.