कैलालीको कैलारी गाउँपालिकामा राजसमझ चौधरीको प्यानल विजयी

कैलालीको कैलारी गाउँपालिकामा राजसमझ चौधरीको प्यानल विजयी

धनगढी : कैलालीको कैलारी गाउँपालिकामा गठबन्धनबाट कारबाहीमा परेका कांग्रेसका उम्मेदवार राजसमझ चौधरी अध्यक्षमा विजयी भएका छन्।

गठबन्धनको सिट बाँडफाँडमा माओवादी केन्द्रको भागमा परेको कैलारीमा उनले उम्मेदवारी दिएका थिए । 

उनले गठबन्धनका आधिकारिक उम्मेदवार माओवादीका लाजुराम चौधरीलाई पराजित गरेका हुन्। राजसमझले १० हजार ४ सय ९२ मत प्राप्त गरे भने लाजुरामले ६ हजार ४ सय ३० मत प्राप्त गरेका छन्। 

उपाध्यक्षमा कांग्रेसकी भागवतीकुमारी चौधरी विजयी भएकी छन्।

उनले १० हजार ४ सय ८४ मत ल्याएर निर्वतमान उपाध्यक्ष माओवादी केन्द्रकी लक्ष्मी सत्गौवा थारुलाई पराजित गरेकी छन्। 

उम्मेवारी फिर्ता लिने बेलासम्म गठबन्धन दलमा सहमति नजुट्दा कांग्रेसका तर्फबाट अध्यक्षमा राजसमझको उम्मेदवारी कायम रहेको थियो।

उनी रुख चिह्नबाटै चुनाव लडेका थिए। कैलारी गाउँपालिकामा कांग्रेसले १ देखि ९ वडासम्म पूरै प्यानलसहित जितेको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.