धनगढीमा कांग्रेसका नृप ओडभन्दा स्वतन्त्र उम्मेदवार गोपाल हमाल दोब्बर मतले अगाडि

धनगढीमा कांग्रेसका नृप ओडभन्दा स्वतन्त्र उम्मेदवार गोपाल हमाल दोब्बर मतले अगाडि

धनगढी : धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले निरन्तर अग्रता कायम राखेका छन्।

३३ हजार ६५२ मत गणना हुँदा हमालले १५ हजार ४२८ मत प्राप्त गरेका छन्। उनका प्रतिद्वन्द्वी कांग्रेसका नृपबहादुर ओड दोब्बर मतले पछाडि छन्।

सत्ता गठबन्धन एवं नेपाली कांग्रेसका उम्मेदवार नृपबहादुर ओडले ७५९६ मत ल्याएका छन् भने एमालेका रणबहादुर चन्दले ३५१३ मत ल्याएका छन्।

हाल महानगरका ५, ६, १४, १५, १६ वडामा मतगणना भइरहेको छ। ७ वडाको मतगणना भने भइसकेको छ। जसमा ६ कांग्रेस र १ मा एमालेले जित हाँसिल गरेको छ।

त्यस्तै उपमेयरतर्फ माओवादी उम्मेदवार शान्ति अधिकारिले ६९८१ मतका साथ अग्रस्थानमा छन्। एमालेकी कन्दकला रानाले ६०९६  मत ल्याएकी छन् भने स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ३८४८ मत ल्याएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.