सप्तरीको शम्भुनाथमा एकीकृत समाजवादीको जीत

सप्तरीको शम्भुनाथमा एकीकृत समाजवादीको जीत

राजविराज : गत निर्वाचनमा झिनो मतअन्तरले पराजित भएका जितेन्द्रप्रसाद गुप्ता कलवार शम्भुनाथ नगरपालिकामा नगर प्रमुखमा निर्वाचित भएका छन्।    नेकपा एकीकृत समाजवादीतर्फबाट कलवारले ५ हजार ३९२ मत प्राप्त गरी नगर प्रमुखमा निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालय शम्भुनाथले जनाएको छ।

    
निकटतम प्रतिद्वन्द्वी रहेका कांग्रेसका दिपेन्द्रकुमार चौधरीले ४ हजार १४३ मत ल्याएका छन्। यसअघि २०७४ को निर्वाचनमा नेकपा (एमाले)बाट चुनाव लडेका कलवार ४४ मत अन्तरले पराजित भएका थिए। गत स्थानीय तहको निर्वाचनमा कांग्रेसका योगेन्द्र चौधरीले २ हजार ७७८ मत ल्याई गुप्तालाई पराजित गरेका थिए। योगेन्द्र चौधरी अस्वस्थ्य रहने गरेपछि कांग्रेसले दिपेन्द्रलाई उम्मेदवार बनाएको हो।
    
एकीकृत समाजवादीकी अनिताकुमारी चौधरीले उपप्रमुखमा ४ हजार ९९८ मत ल्याएर विजयी भएकी छन्। निकट्तम प्रतिद्वन्द्वी कांग्रेसकी जलपनाकुमार सरदारले ४ हजार २७१ मत ल्याइन्। कांग्रेसले उपप्रमुखमा जल्पनालाई उम्मेदवार बनाए पछि गत निर्वाचनमा कांग्रेसबाट निर्वाचित उपप्रमुख कविताकुमारी सरदार लोसपाबाट उम्मेदवार बनेकी थिइन्। कविता १ हजार १८८ मत ल्याएर छैठो स्थानमा रहिन्।
    
वडा अध्यक्षमा एकीकृत समाजवादी र कांग्रेसले ५/५, जसपा र लोसपाले १/१ वडा अध्यक्षमा जीत हासिल गरेको छ।
एकीकृत समाजवादीबाट वडा नम्बर ४ मा विजयकुमार साह, ८ मा इन्द्रकान्त चौधरी, ९ मा प्रभु मलाहा, ११ मा राजकुमार साह र १२ मा संजयकुमार साह वडा अध्यक्षमा निर्वाचित भएका छन्। 

यस्तै कांग्रेसबाट वडा नम्बर १ मा जिवछ साह, २ मा दुर्गानन्द भगत, ३ मा नविनकुमार चौधरी, ५ मा जामुनप्रसाद चौधरी र ६ मा सचेन्द्र प्रसाद चौधरी वडा अध्यक्ष निर्वाचित भएका छन्। वडा नम्बर ७ मा जसपाका गोपालप्रसाद चौधरी र वडा १० मा लोसपाका धर्मेन्द्र भनिने रामाकान्त मण्डल विजयी भएका छन्।
    
सप्तरीमा हालसम्म घोषित परिणाम अनुसार सप्तरीमा कांग्रेसले ३, एमालेले २, लोसपा, जनमत र नेकपा (एकीकृत समाजवादी)ले १/१ स्थानीय तहमा जीत हासिल गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.