महोत्तरीको गौशालामा माओवादीले खाता खोल्यो
महोत्तरी : गौशाला नगरपालिका वडा नं. ८ का वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार भोजबहादुर दर्लामी विजयी भएका छन् ।
९३८ मत प्राप्त गरी दर्लामी वडा नं. ८ को वडा अध्यक्षपदमा निर्वाचित भएका छन् ।
दर्लामीले आफना प्रतिद्वन्दवी नेपाली कांग्रेसका उम्मेदवार शम्भु श्रेष्ठसँग ९ मतले विजयी भएका हुन् ।
वडा नं. ८ मा नेकपा माओवादीले ९३८ मत प्राप्त गरेका छन् ।
त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार शम्भु श्रेष्ठले ९३० मत ल्याएका थिए । नगरको १२ वटा वडा रहेको गौशाला नगरपालिकाको वडाअध्यक्षमा ४ वटामा जनता समाजवादी पार्टी, ३ वटामा नेपाली कांग्रेस र १ वटामा नेकपा माओवादी पार्टीले विजयी हाँसिल गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस !