तुलसीपुर उपमहानगरको मेयरका उम्मेदवार कांग्रेसका गेहेन्द्र गिरी मतान्तर बढाउँदै
दाङ : दाङको तुलसीपुर उपमहानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार गेहेन्द्र गिरीले अग्रता बढाउँदै लगेका छन् ।
१२ हजार ३ सय २४८ मत गणना हुँदा गिरीले ५ हजार ४ सय २ मत प्राप्त गरेका छन् ।
एमालेका उम्मेदवार टिकाराम खड्काले ५ हजार ६९ मत प्राप्त गरेका छन् । यी दुईको मतान्तर ३३३ रहेको छ ।
उपमेयर पदका उम्मेदवार स्थानी चौधरीले ४ हजार ८ सय १३ मत प्राप्त गर्दा एकीकृत समाजवादीका उपमेयरका उम्मेदवार जोगबहादुर रानाले ४ हजार ३ सय ८१ मत प्राप्त गरेका छन् ।
तुलसीपुरको वडा नं १ र २ को अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ भने वडा नं. ३, ४ र ५ को अहिले मतगणना भइरहेको छ ।