सप्तरीको कञ्चनरुप नगरपालिकामा कांग्रेस विजयी

सप्तरीको कञ्चनरुप नगरपालिकामा कांग्रेस विजयी

राजविराज : कञ्चनरुप नगरपालिकाको नगर प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ। नगर प्रमुखमा नेपाली कांग्रेसका ललनप्रसाद गुप्ता र उपप्रमुखमा मुनाकुमारी पोखरेल विजयी भएको निर्वाचन अधिकृतको कार्यालय कञ्चनरुपले जनाएको छ।

नगर प्रमुखमा निर्वाचित गुप्ताले ७ हजार ८८९ मत प्राप्त गरेका छन्। निकटतम् प्रतिद्वन्द्वी जसपाका भोलाकुमार पासवानले ५ हजार ७०४ मत ल्याएका छन् भने नेकपा (एमाले)का कलिम मियाँले ५ हजार २०५ मत प्राप्त गरेका छन्।
उपप्रमुखमा पोखरेल ७ हजार ७४ मत ल्याई निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ। निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)की कल्पना चौधरीले ५ हजार ५ सय ४७ मत प्राप्त गरिन् भने जसपाकी कल्पनाकुमारी चौधरीले ५ हजार २३८ मत प्राप्त गरिन्।

गत स्थानीय तहको निर्वाचनमा एमालेका बसन्त मिश्र नगर प्रमुख र कांग्रेसकी निरु पोखरेल उपप्रमुखमा निर्वाचित भएकी थिइन्। उक्त निर्वाचनमा एमालेका मिश्रले हाल निर्वाचित गुप्तालाई ८६६ मत अन्तरले पराजित गरेका थिए।  

कुल १२ वडा रहेको कञ्चनरुप नगरपालिकामा कांग्रेसले वडा नम्बर २, ४, ५, ७ र ८, एमालेले ३, ६, ११, १२, जसपाले १, ९ र १० मा वडा अध्यक्षको पद हासिल गरेको छ। १२ वटा वडा रहेको कञ्चनरुपमा १२ वटा वडाको मत परिणाम आउँदा एमालेले ४, काङ्ग्रेसले ५ र जसपाले ३ वटा वडामा जित हासिल गरेको छ। 

कञ्चनरुप नगरपालिका वडा नम्बर १ मा रब्बान खाँ, २ मा मेहदी हुसेन, ३ मा गुलटेन चौधरी, ४ मा जोगेन्द्र पासवान, ५ मा कैलाशकुमार साह, ६ मा बच्चुलाल चौधरी, ७ मा समानन्द चौधरी, ८ मा कृष्णप्रसाद साह, ९ मा रामसुन्दर यादव, १० मा दामोदर खड्गा, ११ मा ललित गोजेवार र वडा नम्बर १२ मा देवी बहादुर खत्री विजयी भएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.