विजय जुलुस मनाएर घर फर्किएका नवनिर्वाचित वडा सदस्यको मृत्यु

विजय जुलुस मनाएर घर फर्किएका नवनिर्वाचित वडा सदस्यको मृत्यु

राजविराज : शपथ ग्रहण गर्न नपाउँदै सप्तरीमा नवनिर्वाचित राजगढ गाउँपालिकाका वडा सदस्यको शुक्रबार मृत्यु भएको छ । राजगढ गाउँपालिका -५ धौनकी टोलका ६९ वर्षीय राजेन्द्र सुतिहारको अचानक मृत्यु भएको परिवारका सदस्यले जानकारी दिएका छन् । 

विजय पश्चात खुशी देखिएका सुतिहार गाउँको विकासका लागि अत्यन्त उत्साहित थिएँ । ‘उनको अधुरो सपना बाँकी जनप्रतिनिधीले पुरा गर्नुपर्छ’ राजगढ गाउँपालिकाका अध्यक्ष ओमप्रकाश मण्डलले भने–‘विजयपछि उनले बुनेका सपनाहरू सुनाएका थिए र मिलेर गाउँको विकास गर्नुपर्छ भनेर योजनाहरू सुनाएका थिए ।’

बुधबार साँझ आएको मत परिणाम अनुसार सुतिहार राजगढ गाउँपालिका वडा नम्बर ५ को वडा सदस्यमा जसपाको तर्फबाट उम्मेदवार रही विजयी भएका हुन् । निर्वाचित हुने दुई वडा सदस्यमा सर्वाधिक ४७४ मत ल्याएर सुतिहार निर्वाचित भएका हुन् । एमालेका उम्मेदवारलाई पराजित गर्दै वडा नम्बर ५ मा प्यानलसहित जसपाको जितमा उनी र हरी मण्डल निर्वाचित भए । 

मतपरिणाम सार्वजनिक भएपछि बिहीबार सँगै खुसीयालीसाथ विजय जुलुस मनाएर घर फर्किएका उनी खाना खाएर सुतेको तर बिहान घरमै मृत्यु भएको अवस्थामा फेला परेको स्थानीय किसुन साह बताउँछन् । मृतकका श्रीमती, २ छोरा र १ छोरी छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.